Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जिरुड र एम्बाप्पेको कीर्तिमानी गोलले फ्रान्स विश्वकपको क्वाटरफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १९ २०७९
  • 5.8K
    SHARES

काठमाडौं । ओलिभर जिरुड र केलिएन एमबाप्पेले कीर्तिमानी गोल गरेपछि पोल्याण्डलाई ३-१ गोलअन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए भने एमबाप्पेले दोस्रो हाफमा दुई गोल थपे । खेलको अन्तिम मिनेटमा पोल्याण्डका लागि रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत एक गोल फर्काए ।

जिरुडले ४४औं मिनेटमा किलिएन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । उक्त गोलपछि जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । उनले ५१ गोल गरेका थियरी हेनरीलाई पछि पारे ।

पहिलो हाफमा फ्रान्सले पाँच सट टार्गेटमा हाने पनि एक गोल मात्र भएको थियो । पोल्याण्ड दुई टार्गेट सट भने गोल हुन सकेन । फ्रान्सेली अग्रपंक्तिको लगातार आक्रमण पोलिस गोलकिपर वेज्ची सेज्नीले बचाएका थिए ।

३९औं मिनेटमा पोल्याण्डले अग्रता लिने अवसर गुमाएको थियो । पिटर जेलिन्स्कीको प्रहार गोलकिपर ह्युगो लोरिसले बचाए । रिबाउण्डमा जेलिन्स्कीले नै हानेको बल थियो हर्नान्डेजले क्लियर गरे ।

जिरुडको कीर्तिमानी गोलमा पहिलो हाफमा अग्रता लिएको फ्रान्सका लागि दोस्रो हाफमा एमबाप्पेले दुई गोल थपे ।

७४औं मिनेटमा किलिएन एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । जारी विश्वकपमा उनको यो चौथो गोल हो ।

२४ वर्ष पुग्नुअघि नै विश्वकपमा ८ गोल गर्ने पहिलो खेलाडी बन्दै एमबाप्पेले कीर्तिमान बनाएका छन् । इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै उनले आफ्नो कीर्तिमानलाई अझै बलियो बनाए ।

यसअघि समूह चरण अन्तर्गत डेनमार्क विरुद्ध दुई गोल गर्दै उनले २४ वर्ष लाग्नुअघि नै ७ गोल गर्ने पेलेको कीर्तिमान बराबरी गरेका थिए ।

जारी विश्वकपमा ५ गोल गरिसकेका एमबाप्पे सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । यस्तै उनले विश्वकपमा ९ गोल गरिसकेका छन् । २०१८ मा रुसमा भएको विश्वकपमा एमबाप्पेले डेब्यू गर्दै ४ गोल गरेका थिए ।

इन्जुरी टाइमको चौथो मिनेटमा पोल्याण्डले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहयोगमा पेनाल्टी पाएको थियो । जसमा लेवान्डोस्कीले गोल गरे । सुरुमा फ्रान्सका गोलकिपर ह्युगो लोरिसले लेवान्डोस्कीको प्रहार रोकेका थिए । तर, पेनाल्टी प्रहार गर्नुअघि नै गोलरक्षक लोरिसले लाइन छाडेको भन्दै रेफ्रीले पुनः पेनाल्टी प्रहारको अवसर दिए । दोस्रोपल्ट पाएको अवसरमा लेवाण्डोस्कीले गोल गरे ।

फ्रान्सले अब क्वाटरफाइनलमा इंग्ल्याण्ड र सेनेगलबीच हुने खेलको विजेतासँग खेल्नेछ । यो खेल आजै राती हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४