Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखाको मतगणना रोचक मोडमा, दुवै पक्ष आशावादी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 3.2K
    SHARES

। प्रतिनिधि सभा सदस्यका लागि दोलखामा भइरहेको मतगणना रोमाञ्चक मोडमा पुगेको छ । शुक्रबारदेखि सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका थिए ।

शनिबार रातिदेखि एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिए । आइतबार विहानदेखि मतान्तर घटाउँदै लगेका कार्कीले अपरान्हसम्मको गणनामा भने शिवाकोटीलाई उछिनेका छन् ।

माओवादीको प्रभाव क्षेत्र गौरीशंकर गाउँपालिकाको मत गणना हुँदा कार्कीले शिवाकोटीसँगको मतान्तर १ हजार ४३८ सम्म पुर्‍याएका थिए । तर कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिकाको मत गन्दा शिवाकोटीले मतान्तर घटाउँदै ल्याए । कालिञ्चोक गणना सकिँदा शिवाकोटीको कुल मत ६ हजार ७०० र कार्कीको ७ हजार ९९५ थियो । कार्की शिवाकोटी भन्दा १ हजार २९५ मतले अगाडि थिए ।

त्यसपछि जिरीका वडा नं ६, ७, ८ र ९ को समेत मतगणना सकिँदा कार्की र शिवाकोटीको मतान्तर १ हजार १६७ मा झर्‍यो । भीमेश्वर नगरपालिकाको गणनाका क्रममा भने शिवाकोटीले मतान्तर घटाउने मात्र होइन अग्रतासमेत लिए । भीमेश्वरको मत गनेर सकिँदा शिवाकोटीले कार्कीले भन्दा २०१५ बढी मत पाए ।

भीमेश्वरपछि वैतेश्वर गाउँपालिकाको मत गणना सुरु गरेपछि भने कार्कीले मतान्तर घटाउँदै लगे । बैतेश्वरको वडा नम्बर १, २, ३, ६ र ८ को गणना सकिँदा कार्की फेरि अघि लागेका छन् । उनले २७१ मतको अग्रता बनाएका छन् । कार्कीले कुल २१ हजार ४१२ र शिवाकोटीले २१ हजार १४१ मत पाएका छन् ।

अब बैतेश्वरका ३ वटा वडा, तामाकोसी, मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मत गन्न बाँकी छ । स्थानीय तह निर्वाचनमा बिगु र शैलुङ माओवादी केन्द्र, मेलुङ एमाले र तामाकोशी नेकपा एकीकृत समाजवादीले जितेका छन् ।

यी गाउँपालिकामा प्रदेशसभातर्फको भने मत गणना भइसकेको छ । तामाकोसीको गणना सकिँदा नेपाली कांग्रेस ३ हजार २ सय मतले अघि रह्यो । शैलुङ्गमा एमाले ५०० मतभन्दा बढीले र बिगुमा १००० मतले अघि रह्यो । मेलुङमा कांग्रेस १९४ मतले मात्र अघि रह्यो ।

प्रदेश सभामै खसेको अनुपातमा मत आए आफूहरूले चुनाव जित्ने भन्दै कार्की आशावादी छन् । प्रदेश सभा सदस्यका कांग्रेस उम्मेदवार कुन्दनराज काफ्ले तामाकोसी गाउँपालिकाकै रहेका कारण उनलाई मत गए पनि प्रतिनिधि सभामा आफूहरुलाई मत आउनेमा नेकपा एमाले उम्मेदवार शिवाकोटी आशावादी छन् ।

प्रदेशसभामा एक हजार बढी मत पाएको बिगुमा प्रतिनिधिसभामा पनि आफूहरुलाई सोही अनुपातमा बढी मत आउने एमाले कार्यकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४