Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिकतर्फ एक करोड चार लाख मत गन्दा दश दललाई पाँच हजारभन्दा कम मत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । आइतबार मध्यह्नसम्ममा १ करोड ४ लाख २० हजार १२५ मत गनेर सकिएको छ । जसमा चुनावमा भाग लिएका १० वटा राजनीतिक दल पाँच हजार पनि कटाउन सकेको छैनन् ।

प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुग्दा नेकपा एमालेले अग्रता कामयै राखेको छ भने नेपालीका कांग्रेस दोस्रो स्थानमा नै सीमित रहेको छ । नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी क्रमस तेस्रो र चौथो नम्बरमा रहेका छन् । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पनि थ्रेसहोल्ड नकटाउने देखिएको छ ।

निर्वाचन आयोगले आफ्नो वेबसाइटमा राखेको विवरण अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ सबैभन्दा कम मत पाउनेमा नेश्नलिष्ट पिपल्स पार्टी छ । सो पार्टीले दुई हजार १५ मत पाएको छ । यो सूचीअनुसार त्यसपछि कम मत पाउनेमा राष्ट्रिय नागरिक पार्टी छ । राष्ट्रिय नागरिकले दुई हजार १४३ मत ल्याएको छ ।

नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले दुई हजार १९१, नेपाल समावेश पार्टीले दुई हजार ९५२, मौलिक जरोकिलो पार्टीले तीन हजार २३५, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले तीन हजार ३३२ मत पाएका छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार ४०४, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले तीन हजार ६९४, एकीकृत शक्ति नेपालले तीन हजार ७७६ र विवेकशील साझा पार्टीले चार हजार ३९ मत ल्याएका छन् । अरू दलले पाँच हजारभन्दा बढी मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४