Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ सरकार गठनको रस्साकसी सुरु, कम्युनिस्ट बिनै बहुमतको सरकार कस्तो बन्छ होला ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 3.6K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको अवस्था छ । गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने निश्चित भएसँगै राजनीतिक दलका नेताहरु आन्तरिक तथा द्विपक्षीय औपचारिक अनौपचारिक छलफलमा व्यस्त रहेका छन् ।

शनिबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरिसकेको छ । वाम एकता, वाम पक्षधरको सरकार बनाउनुपर्ने आवाज पनि उठिरहेका बेला वामइतर समूहलाई पनि सरकार गठनमा बहुमत पुग्ने देखिएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार गठनका लागि साधारण बहुमतका लागि १३८ जना सांसदको समर्थन भए पुग्नेछ । जुन संख्या कम्युनिस्टइतर समूहसँग पुग्ने देखिन्छ । औपचारिक रूपमा निर्वाचन आयोगले निर्वाचनको सबै परिणाम सार्वजनिक नगरे पनि लगभग कुन दलले कति सीट प्राप्त गर्छन् भन्ने निश्चितजस्तै भइसकेको छ ।

प्रत्यक्षतर्फको १६५ मध्ये १६४ सीटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकततर्फ पनि कुन दलले कति सीट पाउनेछन् भन्ने अनुमान लगाउन सकिने अवस्था छ । तर, हालसम्मको विवरणअनुसार नै कम्युनिस्टइतर समूहललाई सरकार बनाउन बहुमत पुग्ने देखिएको हो ।

सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिने हुँदा इतरसमूहबाट सोही संख्यामा सांसद निर्वाचित भएका छन् । ५७ सीट प्रत्यक्षमा जितेको नेपाली कांग्रेसले समानुपातिकबाट ३२ सीट पाउने देखिन्छ । जनअनुसार कांग्रेसको ८९ हुनेछ । कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित भएका छन् । उनको समेत जोड्दा ९० सांसद पुग्नेछ ।

प्रत्यक्षमा सात सीट जितेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १४ सीट पाउनेछ । उसको जम्मा २१ जना सांसद रहने देखिन्छ । सात सीट जितेको राप्रपाले समानुपातिकमा सात सीट नै पाउँदा १४ जना सांसद हुन्छन् । निर्वाचनमा राप्रपाले एमालेसँग तालमेल गरेको थियो । राप्रपा वामपन्थी पार्टी होइन । ऊ दक्षिणपन्थी पार्टी भएकाले सरकार बनाउने बेला उसको भूमिका कस्तो रहन्छ अहिले नै खुलिसकेको छैन । राप्रपाका नेताहरूले सरकारमा नजाने बताउन थालेका छन् ।

एक सीट प्रत्यक्षमा जितेको सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा चार सीट पाउनेछ । उसका पाँच सांसद प्रतिनिधिसभामा रहनेछन् । यसैगरी प्रत्यक्षमा तीन सीट जितेको नागरिक उन्मुक्ति पार्टीसँग एक स्वतन्त्र सांसद छन् । रेशम चौधरीका बाबु लालवीर चौधरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्ने अवस्थामा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सीट जितेको छ । प्रभु साहसहित केही तीन स्वतन्त्र सांसद कतै खुलेका छैनन् । साह एमालेको टिकट लिएर अन्तिममा सो पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारी दिएर जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४