Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कतार विश्वकप : रंगशालामा मदिरा सेवनमा निषेध गरिएकोमा कोही खुसी, कसैलाई आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा मदिरा प्रतिबन्ध भएकोमा समर्थकले खुसी व्यक्त गरेका छन् । मुस्लिम मुलुक कतारको धर्मलाई सम्मान गर्दै फिफाले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाउनु सही निर्णय भएको उनीहरुले बताएका छन् ।

कतारका अब्दुलला मुरादले छातीमा हात राख्दै कतारले सबै देशका नागरिकलाई विश्वकप हेर्नका लागि स्वागत गरेको बताए । फिफाले विश्व समुदायसमक्ष आफूहरुको धर्मको सम्मान गरेको भन्दै प्रशंसा समेत गरेका छन् ।

कतार विश्वकपमा रंगशालाभित्र मदिरा लैजान प्रतिबन्ध गरिए पनि रेस्टुरेन्ट तथा बारमा भने सेवन गर्न पाइनेछ ।

मुरादजस्ता धेरैले फिफाको यो निर्णयको स्वागत गरे पनि केही फुटबल समर्थकले भने यस्तो निर्णयमा आपत्ति जनाएका छन् । इङ्ल्यान्ड र इरानबीचको पहिलो खेल हेर्न आएका इङ्लिस समर्थकहरुले मदिरा सेवन गर्ने आफ्नो संस्कृतिलाई फिफाले नबुझेको भन्दै आपत्ति जनाएका थिए । कतारमा विश्वकप आयोजना हुनु र फिफाले रंगशालामा मदिरा वितरणमा रोक लगाउनु गल्ती भएको उनीहरुको भनाइ थियो ।

पोर्चुगलका एक फुटबल समर्थकले चिया पिउँदै भने, ‘यदि कतारमा विश्वकप आयोजना हुनाले फिफाले यो नियम लागु गरेको हो भने यो फरक कुरा हो ।’

कतारमा आयोजना भएको विश्वकप हेर्न आएकी तीन सन्तानकी आमा सोनिया नेमासले अर्को देशका समर्थकलाई कतारको संस्कृति पछ्याउनु भन्नु भने राम्रो नभएको बताइन् । फुटबलको माहोल भएको घरमा जन्मिएर हुर्किएकी सोनियाले रंगशालामा मदिरा प्रतिबन्ध गर्दा सहज भएको पनि बताइन् । उनले आफू परिवारसँग अबेर रातको खेल हेर्न जाँदा रक्सीले मात्तिएका समर्थकका कारण निकै अप्ठ्यारो हुने गरेको बताइन् ।

तर केही इङ्लिस समर्थकहरुले भने सामाजिक सञ्जालमा खुलेर फिफा र कतारको यस निर्णयमा आपत्ति जनाएका छन् ।

कतारमा शिक्षण पेसा गर्ने अहमद मोहम्मदले मदिराले फुटबलमा रोमाञ्चकता थप्ने इङ्लिस समर्थकहरुको भनाइको खण्डन गर्दै भने, ‘त्यसो हो भने मुस्लिम राष्ट्रका मानिसहरुले मदिराबिना नै फुटबलबाट कसरी मनोरञ्जन लिइरहेका छन् त ? फुटबल सबैको लागि हो । मानिसहरु बियर नपिइकन पनि खेलमा रमाइरहेका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४