Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सशस्त्र तीन एसपीलाई मूख्यालय तानियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । आर्थिक अनियमितता गरेको आशंकामा सशस्त्र प्रहरी बल ‘एपीएफ’ले बारा पर्सा र नवलपरासीका तीन जना उपरीक्षक ‘एसपी’लाई मूख्यालयमा तानेको छ । नेपाल– भारत सीमा क्षेत्रबाट निर्वाचन अघि र निर्वाचनपछि नियमित रुपमा तस्करी गर्न सहयोग गरेको आरोपमा उनीहरुलाई छानवीनका लागि मूख्यालय तानेको “एपीएफ” स्रोतको दावी छ ।

यसरी तानिनेमा सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण हेडक्वार्टरका प्रमुख ‘गणपति’ राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्री छन् । उनीहरु मध्ये पोखरेलचाहि आफै सरुवा मागेर आएको बताइएको छ ।

बाराका बोर्डर आउट पोस्ट ‘बीओपी’ इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दियो । सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो । सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले बाराका एसपीलाई फिर्ता बोलाएको हो ।

सशस्त्रका बाहिनी र गणलाई समेत सुइँको नदिई हेडक्वार्टरबाट केही दिन अघिबाट एसपी नेतृत्वका दुई मार्सल टोली खटिएका थिए । सोही रिपोर्टका आधारमा मुख्यालयले शुक्रबार शंका लागेका अधिकृतहरुलाई फिर्ता हुन २४ घण्टे निर्देशन दिएको थियो । ‘ थापा र क्षेत्रीलाई काठमाडौ बोलाइएको छ तर पोखरेलचाहि आफैले सरुवा मागेको बुझिएको छ’, मूख्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४