Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शंकास्पद वस्तु भेटिएपछि गोकुल बास्कोटाको घर पुग्यो सेनाको टोली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर १८ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि भर्खरैमात्रै आइपुगेको छ ।

यसअघि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीबाहेक अन्यलाई आउजाउ गर्न प्रहरीले रोक लगाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि घटनास्थल वरपरको क्षेत्र नेपाल प्रहरीले नियन्त्रणमा लिएर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाएको जानकारी दिए । ‘शंकास्पद वस्तु देखिएपछि हामी रिस्क लिंदैनौं, आर्मीको डिस्पोजल टोलीलाई आइपुगेको छ, अब डिस्पोज उसैले गर्छ,’ एसपी केसीले जन प्रहारलाई भने ।

आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।

अहिले बास्कोटा लोकन्थलीस्थित घरमा छैनन् । उनी काभ्रेस्थित घरमा रहेको उनको सचिवालयले जनाएको छ । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४