Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप फुटबल : क्यामरुनसँग हारे पनि ब्राजिल समूह विजेता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १७ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । नियमित टिमका अधिकांश खेलाडीलाई आराम दिएको ब्राजिल टिमलाई क्यामरुनले १-० गोलअन्तरले पराजित गरेको छ । तर पनि लुसेल रंगशालामा एक रोमान्चक प्रतिस्पर्धापछि क्यामरुनको विश्वकप अभियान समाप्त भएको छ ।

खेलको इन्जूरी समयमा भिन्सेन्ट अबुबकरले हेडरमार्फत गोल गरी क्यामरुनलाई ठूलो जित दिलाएका हुन् । तर, गोलपछि जर्सी फुकालेका कारण उनले खेलको दोस्रो पहेलो कार्ड पाए र मैदान छाड्न बाध्य रहे ।

स्टार स्ट्राइकर ब्रायन एमबुएमोको साथमा क्यामरुनले खेलभर ब्राजिलमाथि दवाव राखेको थियो । तर, लिभरपुलका एलिसनको स्थानमा खेलेका म्यानचेस्टर सिटीका एडर्सनले शानदार बचार गरेका थिए । स्वीट्जरल्याण्डले सर्वियालाई पराजित गरेपछि जारी विश्वकपमा कुनै पनि अफ्रिकी टोलीले नकआउट चरणको यात्रा तय गर्न सकेनन् ।

यसअघि नै नकआउटमा स्थान सुरक्षित गरेको ब्राजिलका प्रमुख प्रशिक्षक टिटेले अघिल्लो खेलको टिमबाट १० खेलाडी परिवर्तन गरेका थिए । खेलमा आर्सनलबाट खेल्ने गाव्रियल मार्टिनेलीले आफूलाई प्रमाणित गरेका छन् ।

प्रतियोगिताको मुख्य दावेदार ब्राजिल समूह जी को विजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । उसले क्वाटरफाइनल प्रवेशका लागि दक्षिण कोरियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४