Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वियामाथि रोमान्चक जितसहित स्वीट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १७ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । समूहको अन्तिम खेलमा सर्वियामाथि ३-२ गोलअन्तरको रोमान्चक जितसहित स्वीट्जरल्याण्डले समूह जी को उपविजेताका रुपमा विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

बराबरी नै पर्याप्त रहेको स्वीट्जरल्याण्डका लागि लिभरपुलका स्ट्राइकर जर्दान शाकिरीले खेल सुरु भएको बीसौं मिनेटमा गोल गरी सुरुवाती अग्रता बनाएका थिए ।

तर, त्यसको १५ मिनेटअन्तरमै सर्वियाले दुई गोल फर्काएर खेलमा अग्रता बनायो । सर्वियाली सेन्टर फरवार्डहरु अलेक्जान्दर मित्रोभिचले २६औं र डुसान लाहोभिचले ३५औं मिनेटमा गोल गरेका हुन् ।

खेलको रोमान्चकता त्यतिमा मात्र सीमित भएन । पहिलो हाफको अन्तिममा ब्रिल एम्बोलोले क्लोज रेन्जबाट गोल गरेपछि खेल २(२ गोलको बराबरीमा आयो ।

नकआउट चरणमा स्थान पक्का गर्न जितको विकल्प नभएको सर्वियाका लागि दोस्रो हाफमा पुनरागमनको अवसर थियो । तर, दोस्रो हाफको खेल सुरु भएलगत्तै स्वीस टिमले अग्रता बनायो । रेमो फ्रेलरले हाफ भलीमार्फत शानदार गोल गरेका थिए ।

बाँकी समयमा दुवै टिमले गोलका अवसर पाएका थिए । तर, गोल हुन सकेन । यो नतिजाले स्वीट्जरल्याण्डले अन्तिम १६ मा समूह एचको विजेता पोर्चुगलसँग खेल्ने निश्चित भएको छ । यो हारले सर्विया समूहबाटै घर फर्केको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४