Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं प्रहरीले थाल्यो रविको नागरिकताबारे अनुसन्धान


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १६ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

लामिछानेले खारेज भइसकेको नागरिकता पेश गरेर प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बाट उम्मेदवार बनेको भन्दै छानबिन र कारबाहीको मागसहित ६ मंसिरमा गृह मन्त्रालयमा उजुरी परेको थियो ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट काठमडौंंलाई त्यसबारे बुझ्न पत्राचार गरेको थियो । त्यसक्रममा ‘अनुसन्धान गर्नुपर्ने’ विषयहरु देखिएको भन्दै प्रशासनले छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको छ ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रशासनबाट पत्र प्राप्त भएको जन प्रहारलाई  बताएका छन्  । उनले भने, ‘पत्रका आधारमा छानबिन सुरु गरिसकेका छौं’, उनले भने ।

लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएका थिए । नेपाल फर्किएपछि अमेरिकी नागरिकता त्यागेको कुनै औपचारिक प्रमाणपत्र नदेखाएको उजुरीमा उल्लेख छ । त्यसरी नागरिकता त्याग गर्दा पनि कानूनतः पुर्नप्राप्तिको प्रक्रियामा जानुपर्नेमा उनले पूरा नगरी निर्वाचन आयोगमा दल दर्ता र उम्मेदवार हुँदा पुरानै नागरिकता पेश गरेको उजुरीमा भनिएको छ ।

‘यो कुरा रवि स्वयम्ले स्वीकार गरेका छन् । विदेशी नागरिकता त्यागेको दावी गरेतापनि विदेशी नागरिकता त्यागेको र नेपाली नागरिकता पुर्नप्राप्ति गरेको कुनै प्रमाण पेश गर्न सकेका छैनन्’, उजुरीमा भनिएको छ ।

अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमन विभागको समस्या समाधान भएपछि अरु कुनै प्रक्रियामा नगएको लामिछानेले सार्वजनिक रुपमा भनेको उजुरीमा उल्लेख छ । त्यसैले लामिछानेले दल दर्ता गर्दा निर्वाचन आयोगलाई गुमराहमा राखेको दाबी उजुरीमा छ ।

खारेज भइसकेको दाबी गरिएको नागरिकताकै आधारमा लामिछानेले राहदानी पनि बनाइसकेका छन् । स्वयम् लामिछानेले चाहिँ चुनावअघि जनप्रहारलाई कुरा गर्दै नेपालको कानून आकर्षित हुने कुनै पनि कसूर नगरेको बताएका थिए ।

लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै राजकुमार पाण्डेले पनि चितवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । आयोगले एक साताभित्र स्पष्टिकरण बुझाउन भनेको थियो । तर, निर्वाचन परिणाम घोषणापछि उम्मेदवारको योग्यता सम्बन्धी विवाद निर्वाचन आयोगले टुंग्याउन नसक्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४