Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन कानुन संशोधनको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १५ २०७९
  • 4.2K
    SHARES

काठमाडौं । नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधिलाई हटाउन कानुन संशोधनको तयारी गरिएको छ । नयाँ सरकार नबन्दै नेपाल प्रहरीमा कानुन संशोधन गरेर ३० वर्षे सेवा अवधि हटाउन लागिएको हो । ‘नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधि हटाउन गृह मन्त्रालयका अधिकारीहरुले कानुन संशोधनको तयारी गरेका छन्, माथिको आदेश भन्दै गृहसचिव विनोदप्रकाश सिंहले कानुन शाखालाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन्’, गृह मन्त्रालयका उच्च अधिकारीले भने । यदि प्रहरी नियमावली संशोधन भएमा हालका आईजीपी धीरजप्रताप सिंहको अवधि पनि थपिनेछ ।

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने विषयमा बुधबार अपरान्ह ललितपुरस्थित शेरबहादुर देउवाको नातेदारको घरमा छलफल भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले आफ्नै भाई भूषण राणाको घरमा नेपाल प्रहरीका आईजीपी सिंहलाई बोलाएर नियमावली संशोधन गरेर भएपनि ३० वर्षे सेवा अवधि हटाउने बारेमा छलफल गरेकी थिइन ।

आरजु राणाले गृहसचिवलाई प्रधानमन्त्रीको आदेश भन्दै नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनका लागि नियमाली संशोधन गर्न निर्देशन दिएको स्रोतको दावी छ । प्रहरीमा ३० वर्षे सेवा अवधि लागू भएदेखि नै सरकारले ठूलो नोक्सानी बेहोर्दै आएको जनाउदै यसअघिका प्रहरी आईजीपीहरुले सेवा अवधि हटाउने कोशिश गरेका थिए । तर सकेका थिएनन् । ५८ वर्षसम्म सहजै काम गर्न सक्ने प्रहरी अधिकारीलाई ३० वर्षे सेवा अवधिका आधारमा ४८ वर्षमै अवकाश दिँदा पेन्सनका नाममा राज्यलाई ठूलो आर्थिक भार पर्दै आएको प्रहरी अधिकारीहरुको दावी छ ।

नेपाल प्रहरीका केही अधिकारीहरुले ३० वर्षे प्रावधान हटाउने कोशिश गरिरहेका थिए । प्रधानमन्त्री पत्नी आरजु राणाले गत असोजमा पनि ३० वर्षे सेवा अवधि हटाउन गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिवलाई निर्देशन दिएकी थिइन । तर त्यतिबेला रविन्द्र धानुकलाई देखाएर रोकिएको थियो । माओवादी कोटामा एआईजी भएका धानुकको अवकाशपछि मात्रै हटाउने भन्दै रोकिएको थियो । स्रोतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आरजु देउवा र प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले हस्तक्षेप गर्दै आएका छन् । प्रहरीको सेवा अवधि हटाउने विषय पनि राणाले दबाब दिएकी हुन् ।

अहिले सेवा अवधि हटाएपछि आरजु राणाले डीआईजी अशोक सिंहलाई पहिलो नम्बरमा एआइजी बढुवा गर्नपनि दबाब दिएकी छिन् । प्रहरीमा ३० वर्षे सेवा अवधि हटेमा वर्तमान आईजीपी सिंहको अनिवार्य अवकाश हुने छैन । उनले अरु दुई वर्ष सेवामा रहन पाउनेछन् । उनीसँगै अवकाशमा जाने एआईजीहरुको पनि सेवा अवधि थपिनेछ । सेवा अवधि थपिने भएमा अहिलेका डीआईजी दीपक थापा लगायतका प्रहरी अधिकारीहरु पनि दंग परेका छन् । लामो समयदेखि नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन पर्छ भन्दै लविङ गर्दै आएका डीआईजी थापा एआईजी बढुवाको लाइनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४