Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ता निष्क्रिय बन्दा कारोबार रकम घट्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 2.5K
    SHARES

काठामाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य गिरावट भएको छ । सामान्य उतारचढाव देखिएको बजारमा लगानीकर्ता सक्रिय नहुँदा परिसूचकमा पनि ठूलो घटबढ भएन भने कारोबार रकम पनि घट्दै गएको छ ।

बुधबार बजार परिसूचक नेप्से ३.५१ अंक (०.१८ प्रतिशत) ले गिरावट भएर १९४९.८५ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकाम्स उपसूचकमा गिरावट हुँदा लघुवित्त र व्यापार उपसूचक भने सामान्य बढेको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक १.०९ प्रतिशतले गिरावट भएको छ ।

बजारमा लगानीकर्ताको सक्रियता न्यून हुँदा कारोबार पनि घट्दै गएको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार डेढ अर्बमा झरेको थियो भने मंगलबार १ अर्ब पनि पुगेन । बुधबार पनि नेप्सेमा २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ८४ करोड २६ लाख ९५ हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४ करोड ७९ लाख ३४ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड १५ लाख ३ हजार र नेस्डो समृद्धि लघुवित्तको ३ करोड ८३ लाख १० हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १९४ कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ६४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको भने स्थिर रहेको छ । बुधबार कारोबार भएकोमध्ये ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि हुँदा खप्तड लघुवित्तको सेयर मूल्य ४ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य ३.३१ प्रतिशतले वृद्धि भएको छ ।यता लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य ५.७६ प्रतिशतले गिरावट हुँदा वीन नेपाल लघुवित्तको सेयर मूल्य ४.४० प्रतिशत र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य ३.२७ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४