Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिक मतगणना : हालसम्म कुन दलले कति पायो मत ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १३ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधि सभातर्फ २५ लाख ७० हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २४ लाख ३८ हजार मत पाएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) ले १० लाख ९२ हजार मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४९ हजार तथा जनता समाजवादी पार्टी जसपाले ३ लाख ४३ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी थ्रेस होल्ड कटाउनका लागि संघर्षरत छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले २ लाख ८७ हजार मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ६२ हजार मत कटाएको छ ।

निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । मतगणना जारी नै रहेकाले सदर मत कति भन्ने स्पष्ट तथ्यांक नआए पनि खसेको मत अनुमानित एक करोड सात लाख रहेको र यसमा बदर मत कटाएर बाँकी मतको तीन प्रतिशत प्राप्त गर्ने दलले थ्रेसहोल्ड पार गर्ने कानुन छ ।

त्यस्तै, आयोगले प्रदेशतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी राखेको छ । प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि छ । मुलुकका सात प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि छ ।

निर्वाचन आयोगसमानुपातिक मतगणना

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४