Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तपाईको आजको राशीफल कस्तो छ ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर १३ २०७९
  • 1.5K
    SHARES

२०७९ मंसिर १३ गते, मंगलवार, २९ नाेभेम्बर २०२२। मार्ग शुक्लपक्ष षष्ठी तिथि, १५ः५१ बजेदेखि सप्तमी। श्रवण नक्षत्र, १३ः५० बजेदेखि धनिष्ठा। चन्द्रराशि– मकर। उत्तरषाढा नक्षत्र, वृद्धि योग, बालव करण, चन्द्रमा मकर राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः२५ मा हुनेछ भने सूर्यास्त ०५ः१० मा हुनेछ । आज विहान ०७ः५५ देखि ९ः१४ को समय राहुकाल रहेको छ । आजको दिनलाई विशेष दिन मानिन्छ । त्यसैले आजको दिन विवाह र अन्य कुनै शुभ कार्य गर्नको लागि साइत हेरिरहनु पदैन । आजको देवता सूर्य र ग्रहदेव बुध रहेको छ । सोमबारका दिन सवारी साधन खरिदको लागि उत्तम दिन रहेको छ । आजको दिन नयाँ बस्त्र, र कुनै पनि चलायमान र छिटो कारोबार हुने बस्तुको सामान खरिद विक्री उत्तम रहेको छ ।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा तारिफयाेग्य काम सम्पादन हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। कामको चुनौती समाप्त हुनेछ। नाम र दाम हातलागी हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले केही समस्या निम्त्याउन सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लक्ष्यमा पुग्न केही कठोर नीति अवलम्बन गर्नुपर्ला। दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आँट र पराक्रमले काममा सफलता प्राप्त हुनेछ। चुनौती पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम र दाम दिलाउनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काम राेकिएला। अरूको फाइदाका लागि उपयोग भइएला। तर आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीको भरपर्दा काम बिग्रन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काम दोहोर्याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ भने लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। अर्थ अभावले काम रोकिने सम्भावना छ। परिस्थितिवश सामान्य काममा अलमल बढ्नेछ। पहिलेका कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। आलोचकहरूबाट जोगिएर काम लिनुपर्ने समय छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य समस्याले काम राेकिन सक्छ। अल्छी स्वभावले लक्ष्यमा पुग्न समस्या पर्नेछ। अध्ययनमा समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला। आत्मसम्मानका लागि मौन रहनुपर्ने समय छ। अनिच्छित काममा जुट्नुपर्दा हीनताबाेध हुनेछ। तापनि रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यापारमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। यात्राकाे साइत जुर्न सक्छ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। सट्टापट्टा तथा चल-अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले सफलता दिलाउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४