Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनमा प्रत्यक्षको बढी र समानुपातिकको कम मत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १२ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । निर्वाचन परिणामको विषयलाई लिएर सत्तारुढ दलहरुबीच आरोपप्रत्यारोप बढिरहेको छ । कुनै एउटा दलले बहुमत आर्जन गर्न नसकेपछि फेरि गठबन्धनको सरकार बनाउन पहल कदमी सुरु हुँदा मूलधारका दलहरुबीच गुटगत धारणा आउन थालेका छन् । चुनावमा पराजित भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमानको गठबन्धनसँगै जानेमा शंका व्यक्त गर्नुभएको छ । तर समानुपातिक र उम्मेदवारले पाएको मतान्तरको तथ्यांक हेर्दा सत्तारुढ दलका नेताबीच चित्त फाट्नुपर्ने अवस्था देखिंदैन ।

गठबन्धनको तर्फबाट संसदीय चुनावमा क्रमशः ४७ र १९ उम्मेदवार उठाएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले कांग्रेसको मत नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १७ स्थान हात पारेको माओवादी र १० सीट पाएको एकीकृत समाजवादीका नेताहरु सार्वजनिक मञ्चमै गठबन्धनप्रति टिकाटिप्पणीमा उत्रिएका छन् ।

तर निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकले भने नेताहरुको आक्षेप पुष्टि गर्दैन । यदि त्यस्तो हुन्थ्यो भने माओवादी ६ सीटमा खुम्चिुनु पथ्र्यो भने एकीकृत समाजवादीका कुनै उम्मेदवारले संसदको अनुहार देख्न पाउने थिएनन् ।

माओवादीले रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालीकोट र गोरखा क्षेत्र नम्बर २ मा मात्र समानुपातिक तर्फ अन्य पार्टीको भन्दा बढी मत ल्याएको छ । यी क्षेत्रबाहेक माओवादीले जितेका अन्य १३ स्थानमा समानुपातिकमा पाएको मतको दोब्बर मत उम्मेदवारले पाएका छन् ।

समाजवादी पार्टीले जितेका कुनै पनि क्षेत्रमा प्रत्यक्षभन्दा समानुपातिक तर्फ बढी मत ल्याउन सकेको छैन । कतिपय निर्वाचन क्षेत्रमा त उसले जितेका ठाउँमा समानुपातिकभन्दा सात गुणा बढी मत प्रत्यक्ष तर्फ पाएको तथ्याङक छ । जसअनुसार गठबन्धन दलको राम्रो मत नपाएको भए एकीकृत समाजवादी दलका कुनै पनि उम्मेदवारले निर्वाचन जित्ने थिएनन् । भने माओबादी पनि निकै थोरै संख्यामा खुम्चीने थियो । यस अर्थमा पनि माओबादी र नेकपा एसलाई गठबन्धनको तर्फबाट ठूलो मत ट्रन्सफर भएको देखिन्छ ।

माओवादीको सबैभन्दा ठूलो गुनासो काठमाडौंमा कांग्रेसको मत ट्रान्सफर भएन भन्ने छ । तर काठमाडौंमा गठबन्धनका तर्फबाट उठेका तीनै जना उम्मेदवारले समानुपातिक मतको तुलनामा उम्मेद्धवारलाई राम्रो मत गएको देखिएको छ ।

माओवादीले जितेका १७ निर्वाचन क्षेत्रमा माओवादी पार्टीले समानुपातिकतर्फ पाएको मत जोड्दा जम्मा २ लाख ७० हजार ४९२ मत हुन्छ । भने यी क्षेत्रमा माओवादीका उम्मेदवारले प्रत्यक्षतर्फ पाएको सबै मत जोड्दा ५ लाख २६ हजार ७ सय ६३ हुन्छ । त्यस्तै, नेकपा एसको तर्फबाट नै सबैभन्दा बलियो उम्मेदवार मानिएका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नंबर १ मा ३३ हजार ५ सय २२ मत लिएर विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अजय कुमार गुप्ताले २६ हजार ९ सय २२ मत ल्याउनुभएको छ । यही क्षेत्रमा सानुपातिक तर्फबाट नेकपा एसले जम्मा ९ हजार ५ सय ७८ मत ल्याएको छ ।

यही क्षेत्रमा कांग्रेसले समानुपातिकमा १९ हजार १ सय १९ र माओवादी केन्द्रले २ हजार ७ सय ९१ मत ल्याएका छन् । यस अर्थमा पनि माओवादी केन्द्र र एकीकृत समाजवादीलाई अधिकांश मत ट्रान्सफर भएको मत परिणामले देखाएको छ ।

                                                                                                          # गठबन्धनमत

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४