Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा गठबन्धनका उम्मेदवारकाे विजयी जुलुस


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ११ २०७९
  • 2.1K
    SHARES

रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभामा विजयी भएका गठबन्धनका उम्मेदवारहरुले विजयी जुलुस गरेका छन् ।

रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका हुन् । एक हप्ता लामो समय लागेर भएको मत गणनाको मत परिणाम अनुसार एक क्षेत्र रहेको प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको हो । संघतर्फ पूर्णबहादुर तामाङ (कान्छाराम) ले ४७ हजार ९८ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

तामाङका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत प्राप्त गर्नुभएको थियो । एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतले पछिपार्दै तामाङ निर्वाचित हुनुभएको हो ।

त्यसैगरि प्रदेशमा आज आइतबार दिउँसो घोषित परिणाम अनुसार प्रदेश (ख) मा गठबन्धन तर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेका उम्मेदवार मिलनकुमार घिसिङलाई पराजित गर्नुभएको छ । चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गर्दा घिसिङले १८ २ सय ४ सय ६ मत प्राप्त गर्नु भएको थियो । चौलागाईंले घिसिङलाई ४ हजार ७ सय ७३ मतान्तरले पराजित गर्नुभएको हो ।

त्यसैगरि गत शुक्रबार प्राप्त मत परिणाम अनुसार प्रदेश सभा (क) तर्फ माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका शान्ति पौडेलले १५ हजार १ सय ५७ प्राप्त गर्नुभएको थियो । श्रेष्ठले पौडेललाई १ हजार ९ सय ९१ मतले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

रामेछापमा १ लाख ८० हजार १ सय ६ मतदाता रहेकोमा कुल ८८ हजार ६ सय ८० मत मात्र खसेको थियो । कुल सिटको ३ वटै सिट गठबन्धनले जितेको खुसियालीमा हजारौंको संख्यामा रहेको गठबन्धनले आइतबार दिउँसो मन्थलीमा विजय जुलुस समेत निकालेर आम मतदाताहरुलाई धन्यवाद समेत दिएका छन् । प्रतिनिधि सभातर्फको मत गणना सम्पन्न हुँदा ४ हजार ७ सय ८१ मत बदर भएको थियो । त्यस्तै

विजय जुलुसपछि देवकोटा चोकमा कोण सभाका लागि जम्मा भएका गठबन्धनका कार्यकर्ताहरुले विभिन्न बाजागाजा र तामाङ सेलोसहित निस्केको विजय र्यालीले मन्थली बजारमा परिक्रमा गरी देवकोटा चोकमा कोण सभा गरेको
गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४