Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीमा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुसकाे प्रयोग बढ्याे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ११ २०७९
  • 5.1K
    SHARES

काठमाडौं । सिन्धुलीमा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुसको प्रयोग बढ्न थालेको छ ।

सिन्धुलीमा जुनार फललाई प्रशोधन गरी जुस र स्क्वासका साथै अन्य विभिन्न खाद्य तथा पेय पदार्थ बनाउन थालिएकाे हाे। जुनार उत्पादन हिउँदा महिनामा हुने र हिउँदमा सस्तो मूल्यमा बिक्री वितरण गनुपर्ने जुनारलाई स्थानीय स्तरमा स्थापना भएका घरेलु प्रशोधन उद्याेगलाई बिक्री गर्दा स्थानीय जुनार कृषकहरुले राम्रो मुनाफा समेत पाएका छन् ।

सिन्धुलीकाे सदरमुकाम माडी बजारमा स्थापना भएका विभिन्न घरेलु प्रशोधन उद्याेगबाट जुनारको जाम, जुस स्क्वास सर्वत तथा कागती र निबुवाका विभिन्न चिसो पेय तथा खाद्य पदार्थहरू समेत तयार भएर काठमाडाैं लगायत देशका विभिन्न शहर बजारमा बिक्री वितरणका लागि पठाइएकाे छ । स्थानीय स्तरमा प्रशोधन उद्याेग स्थापना नहुँदा सिन्धुलीमा उत्पादन भएका जुनारहरू मध्धे धेरै नै ढुवानीका क्रममा बिग्रेर खेर जाने गरेकाे थियाे । प्रशोधन उद्याेगका कारण कृषकहरुलाई जुनार खेतीलाई व्यवस्थित रुपमा विकास–विस्तार गर्न समेत हौसला प्रदान गरेको छ ।

प्रशोधन उद्याेगहरूले स्थानीय किसानहरुबाट मानिसहरूले हिउँदा याममा जुनार किनेर संकलन गर्ने र पोल्ने गरेका छन् । उनीहरूले पेलेर राखिएको तरल पदार्थबाट वर्षायाम समेत विभिन्न पेय तथा खाद्य सामग्रीहरु तयार गर्ने गरेका छन् । प्रशोधन उद्याेमा उत्पादन भएको चिसो पेय तथा खाद्य सामग्रीहरू शहर बजारको तुलनामा अत्यन्त स्वादिलो र गुणस्तरीय भएकाले ग्राहक र व्यापारीहरू काठमाडाैं, जनकपुर र विराटनगर आदि स्थानहरूबाट खरिद गर्न सिन्धुली आउने गरेका छन् ।

सञ्चालिन सोही प्रशोधन उद्याेगले सिन्धुलीमा चिसो पेय र चिसो खाद्य सामग्रीको आवश्यकतालाई पूर्ति गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४