Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश सभा तर्फको प्रत्यक्ष निर्वाचनमा कांग्रेस अगाडि, एमाले दोस्रो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ११ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा हालसम्ममा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । तीन सय ३० क्षेत्रमा भएको निर्वाचनमा हालसम्म ३१० स्थानको मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेसले १०४ क्षेत्रमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, नेकपा (एमाले) ८६ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा रहेको छ ।

नेकपा माओवादी केन्द्र ५३, नेकपा एकीकृत समाजवादी १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, जनता समाजवादी पार्टी ९, लोकतान्त्रिक समाजवादी पार्टी ९, जनमत पार्टी ७, नागरिक उन्मुक्ति पार्टी ५, हाम्रो नेपाली पार्टी र नेमकिपाले एक एक स्थानमा जित हासिल गरेका छन् । १२ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभाको निर्वाचनमा सहभागि जनाएको छैन् ।

प्रदेशसभातर्फको समानुपातिक मतमा एमालेले नै अग्रता लिएको छ । मुलुकका सातप्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि छ ।

सात वटै प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० जना सांसद निर्वाचित हुने भएका छन् । यसरी निर्वाचित हुनेमा प्रदेशमा प्रत्यक्षबाट तीन सय ३० र समानुपातिकबाट दुई सय २० जना रहनेछन् ।

प्रदेश १ मा प्रत्यक्षबाट ५६ जना र समानुपातिकबाट ३७ जना गरी ९३ जना, प्रदेश २ मा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी एक सय सात जना, प्रदेश ३ मा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी एक सय १० जना तथा प्रदेश ४ मा प्रत्यक्षबाट ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना रहनेछन् । यसैगरी प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ जना, प्रदेश ६ मा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० जना र प्रदेश ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सांसद रहनेछन् ।

प्रत्यक्ष निर्वाचनप्रदेश सभा तर्फ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४