Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इलाम २ मा रोकिएको मतगणना तत्काल सुरु गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 2.3K
    SHARES

काठमाडौं । मतगणनाको अन्तिम समयमा विवाद उत्पन्न भएर रोकिएको इलाम क्षेत्र नम्बर २ को बाँकी मतगणना गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिएका छन् । इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहाललाई टेलिफोन मार्फत थपलियाले सो निर्देशन दिएका हुन् ।

मतगणनाको काम अन्तिम चरणमा पुगेका बेला शनिबार साँझदेखि एमाले र कांग्रेसबीच विवाद उत्पन्न भएपछि तनावको अवस्था सिर्जना भएको छ । मत गणना अन्तिम चरणमा पुगेपछि कांग्रेसका कार्यकर्ताहरूले मतदान अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएको दावी गर्दै मतगणना बहिस्कार गर्दै नारा जुलुस थालेका थिए । यता एमालेका कार्यकर्ताहरूले आफ्ना उम्मेदवार सुवास नेम्वाङ ३७ मतले विजय भएको दावी गरेका छन् ।

कांग्रेसले मतगणनामा धाँधली भएको भन्दै मतगणना स्थलबाट बाहिर निस्केर नाराबाजी गरेपछि इलामका मुख्य निर्वाचन अधिकृत दाहालले प्रमुख निर्वाचन आयुक्त गुहारेका थिए । थपलियाले कानुन अनुसार बाँकी रहेको मतगणना सम्पन्न गर्न निर्देशन दिएको र केहीबेरपछि मतगणना हुने जन प्रहारलाई जानकारी दिए ।

कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको टोलीले हार्ने संकेत पाएपछि अनावश्यक ढंगले बखेडा झिकेर मतगणनास्थलबाट बाहिरिएको उनको भनाई छ । उनीहरूले आरोप लगाएजस्तो हस्ताक्षर नभएको मतपत्र नरहेको र मतगणना सुरु गर्नुअघि बनाएको मापदण्ड अनुसार मतगणना गरेको उल्लेख गरे ।

अब एउटा मतदान केन्द्रको मतगणना हुन बाँकी रहेको उनको भनाई छ । मतगणना स्थगित भएपछि इलामस्थित सिटीहल बाहिर वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । कांग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् । सो निर्वाचन क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४