Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तिम वडाको मत गन्दागन्दै इलाम २ मा गणना रोकियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 1.7K
    SHARES

काठमाडौं । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ ।

यहाँ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

इलाम नगरपालिकाका वडा नम्बर १ को मतगणना बाँकी रहँदा नेम्वाङ १३० मतले पछि अघि छन् ।

अन्तिममा वडा नम्बर २ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो ।

गणनास्थलमा अहिले कांग्रेस समर्थकले नाराबाजीसमेत गरिरहेका छन् । गणनास्थलमा सुरक्षाकर्मी बढाइएको छ ।

मत गणना रोकिएको इलाम नगरपालिकाको वडा नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष गायत्रीराम बस्नेतले एमालेका अम्बिकाप्रसाद गौतमलाई ५९ मतले पराजित गरेका थिए । बस्नेतले एक हजार ८१ मत पाएका थिए भने गौतमले एक हजार २२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४