काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संघीय सांसद निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी कांग्रेसका नेता कृष्ण सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गरेका हुन् ।
प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर १ बाट दीपकबहादुर सिंह,, बाँके २ बाट धवलशमशेर राणा र जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी भइसकेका छन् ।
अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् भने सिटौलाले ३७ हजार तीन सय ७२ मत पाएका छन् ।
लिङदेनले राजसंस्था पुनस्थापना र संघीयता खारेजी एजेण्डा लिएर चुनावमा होमिएका थिए । उनलाई चुनावमा एमालेले समर्थन गरेको थियो ।
पार्टीमा लिङदेनभन्दा दोस्रो वरियताका रविन्द मिश्र भने काठमाडौं १ मा १३२ मतले नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका छन् ।