Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दार्चुलाले पत्याएन केपी ओलीको चुच्चे नक्साको नारा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ८ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए । प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका थिएनन् ।

१८ कात्तिकको खलंगा सभामा गरेको २० मिनेट लामो सम्बोधनमा लगभग पुरै अवधि नेपालको भूमि आफू बाहेक अरुले फिर्ता गराउन नसक्ने बताएका थिए । दार्चुला पछि बैतडी र कञ्चनपुरको सभा पनि त्यसैदिन सम्बोधन गरेका ओलीले राष्ट्रियताको एजेण्डालाई मुख्य एजेण्डा बनाएका थिए ।

तर यी तीन वटै जिल्लामा एमालेले जित्न सकेन । दार्चुलामा त ओलीले नेपालको भूमि फिर्ता ल्याउनेसहित जिल्लाको विकास आफ्नो जिम्मा भएको बताएका थिए । ‘यहाँको मुख्य समस्या नदी नियन्त्रणको तटबन्ध निर्माण गर्नु हो । म ग्यारेन्टीका साथ भन्छु । तटबन्ध एमालेले बनाउँछ,’ ओलीले भनेका थिए, ‘महाकाली नदीले दार्चुला र खलंगा बजार भत्काउन र बगाउन पाउने छैन । त्यसको ग्यारेन्टी एमालेले गर्छ म गर्छु ।’

              १८ कात्तिकमा दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केपी शर्मा ओली/फाइल तस्वीर

ओलीले प्रधनमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमको विकासमा केही गर्न नसक्ने र भूमि फिर्ता ल्याउन नसक्ने नेता भनेर आरोप लगाए । ओलीको चेतावनी लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथमा लिएर प्रधानमन्त्री देउवा दार्चुला पुगे । देउवाले सार्वजनिक मञ्चबाट नेपालको नक्सा प्रकाशित गर्ने भूमिका तत्कालीन नेकपाका नेताहरु प्रचण्ड र माधव नेपालले गरेको मात्रै बताएनन्, प्रतिनिधिसभा विघटन समेत सम्झिए । पालैपालो भएको सभाबाट नेताहरुले आ–आफ्नो उम्मेदवार जिताएर पठाउन जनतासँग आग्रह गरेका थिए ।

तर दार्चुलाको अन्तिम मतपरिणाम अनुसार, भने कांग्रेसका दिलेन्द्रप्रसाद बडूले जितेका छन् । बडूले २८ हजार ५१५ मत ल्याएर जित्दा एमालेका गणेशसिंह ठगुन्ना २६ हजार ३९१ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहे । बडूको यो जित अघिल्लो चुनावको बदला मात्रै नभएर स्थानीय चुनावको नतिजा उल्टिनु समेत हो ।

गत ३० वैशाखमा सम्पन्न चुनावी परिणामका आधारमा बडूले जित्न सजिलो थिएन । सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा पनि एमालेले एउटै पनि पालिका प्रमुख जित्न सकेको थिएन । ९ मध्ये एमालेले ५ र माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको थियो । वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा पनि बडूलाई जित सजिलो थिएन । एमालेले २९ हजार ३९७ मत पाउँदा कांग्रेसको २१ हजार ५५४ र माओवादी केन्द्रको ७ हजार ८८१ मत थियो । दार्चुलाको संसदीय इतिहासले पनि बडूका निम्ति अनुकूल होइन ।

२०४८ देखि चुनाव लड्दै आएका बडूले तीन पटक हारिसकेका थिए । ०४८ र ०५६ बाहेकका चुनाव बडूले जित्न सकेका थिएनन् । २०५१ मा एमालेका प्रेमसिंह धामी, २०६४ मा माओवादीका लक्ष्मणदत्त जोशी र २०७० मा एमालेका गणेशसिंह ठगुन्नासँग पराजित बडू २०७४ मा समानुपातिकमा बसेका थिए । तर ठगुन्नाका निम्ति भने दार्चुला तुलनात्मक सहज थियो ।

०६४ मा पराजित भएका ठगुन्नाले २०७० र २०७४ को चुनाव जितेका थिए । उनी ओली नेतृत्वको तत्कालीन सरकारमा मन्त्री भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४