काठमाडौँ । बर्दिया क्षेत्र न २ को प्रदेशसभा तर्फ ‘क’ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका जन्मजय तिमिल्सिनाले ५ हजार ६७ मतान्तरले बिजयी भएका छन् ।
उनका निकटम प्रतिद्धन्द्धि नागरिक उम्मुक्ति पार्टिका प्रदेशी चौधरीले १२ हजार १ सय ८४ मत ल्याउदा तिमिल्सिनाले १७ हजार २ सय ५१ मत ल्याउदै विजयी भएका हुन् यसैगरी नेकपा एमालेका लहनु चौधरीले १० हजार ६ सय ४३ मत ल्याउका छन, भने राप्रपाका कन्ह्ैनालाल थारुले ५ हजार ३ सय २४ मत ल्याएका छन । यसै गरी क्षेत्र न २ प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका भक्तबहादुर विकले अग्रता लिइरहेका छन ।
उनले ५ हजार १ सय ३२ मत ल्याउनु भएको छ भने नेकपा माओवादी केन्द्रका अञ्जु दहितले ४ हजार ४ सय ९० मत ल्याउदै पछयाइरहेकी छिन । यस अघि क्षेत्र न १ को क मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी बिजयी भएका छन ।