Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कतार- विश्वकपको इतिहासमा उद्धाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ५ २०७९
  • 3.2K
    SHARES

इनर भ्यालेन्सियाले दुई गोल गरेपछि कतार विश्वकप फुटबलको इतिहासमै पहिलो पटक उद्घाटन खेलमा आयोजक टोली पराजित भएको छ ।

कप्तान भ्यालेन्सियाको दुई गोल गरेपछि दक्षिण अमेरिकी टोली इक्वेडरले कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आइतबार राति आयोजक कतारलाई २- ० को नतिजामा हरायो ।

१९३० बाट सुरु भएको विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको २१औं संस्करणसम्म उद्घाटन खेलमा आयोजकले पराजय भोग्नु परेको थिएन ।

तर, दोहाको अल बेत रंगशालामा इक्वेडरको जितमा भ्यालेन्सियाले १६ र ३१औं मिनेटमा गोल गरेका थिए । कतार गोलकिपर साद अब्दुल्लाह अल सेबले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई अग्रता दिलाएका थिए ।

त्यसको १५ मिनेटपछि एन्जेलो प्रेसियाडोको क्रसलाई उत्कृष्ट हेड गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई २-० को सहज अवस्थामा पुर्याए ।

त्यसअघि तेस्रो मिनेटमै भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगबाट रेफ्रीले त्यसलाई अफसाइड करार दिएका थिए ।

जितसँगै समूह ए बाट इक्वेडरले महत्वपूर्ण तीन अंक जोडेको छ । कतार भने विना अंक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४