Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजरायलमा ४ तले भवनमा आगलागी हुँदा २१ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ३ २०७९
  • 2.9K
    SHARES

एजेन्सी । इजरायलको गाजापट्टीकाे एक आवासीय भवनमा आगलागी हुँदा २१ जना सर्वसाधारणहरुको मृत्यु भएको छ ।

उत्तरी गाजापट्टीमा रहेको शरणार्थी शिविरस्थित ४ तले भवनमा आगलागी हुँदा उनीहरुकाे मृत्यु भएको हो । गाजाको आन्तरिक मन्त्रालयले सोही क्षेत्रमा ठूलो मात्रामा पेट्रोल भण्डारण गरिएको दावी गरेको छ । आगलागीको मुख्य कारण पनि त्यहि रहेको अधिकारीहरुले बताएका छन् ।

आगो लाग्न सुरु भए लगत्तै अग्नी नियन्त्रकहरू सोही घटनास्थलमा पुगे पनि उक्त भवनमा रहेका सर्वसाधारणहरूको उद्धार गर्न नसकेको अधिकारीहरूले बताएका छन् । करिब डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएपनि सोही भवनमा रहेका सबैको मृत्यु भएको जनाइएकाे छ ।

आगलागी भएको समयमा परिवारका कतिपय सदस्यहरू कामको खोजीमा अन्यत्र रहेकाले ठूलो मानवीय क्षति भने हुन नपाएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीमा परेर मृत्यु भएकाहरूको शुक्रबारको प्रार्थनापछि सामूहिक रुपमा अन्त्येष्टि गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अग्नी नियन्त्रकहरूले भने प्रयाप्त सामग्री नहुँदा पीडितहरूलाई बचाउन नसकेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४