Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवाजुद्धिनले भने – लिंग परिवर्तन गरेका महिलासँग काम गर्दा ‘हड्डी’ मा नयाँ अनुभव बटुलें


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २ २०७९
  • 5.5K
    SHARES

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीले फिल्म ‘हड्डी’ मा लिंग परिर्वतन (ट्रान्सजेन्डर) गरेका महिलासँग काम गरेर नयाँ अनुभव बटुलेको बताएका छन् ।

फिल्ममा उनी पहिलो पटक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन् । यस फिल्मका लागि उनले वास्तविक जीवनका ट्रान्सजेन्डर महिलासँग समय बिताइरहेका छन् ।

भारतीय सञ्चार माध्यामसँग दिएको एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो अनुभव सेयर गर्दै यस फिल्ममा आफुले काम गर्नुलाई अविश्वसनीय अनुभव बताएका हुन् ।

नवाजले भने, ‘वास्तविक जीवनमा ट्रान्सजेन्डर महिलासँग काम गर्नु मेरो लागि अविश्वसनीय अनुभव हो । यसमा मैले ८० भन्दा बढी वास्तविक ट्रान्सजेन्डर महिलासँग काम गरेको छु । यो फिल्म मार्फत मैले यो समुदायको बारेमा धेरै कुरा बुझ्ने र सिक्ने मौका पाएँ। यो मेरो लागि सम्मानको कुरा थियो।’

केही समयअघि फिल्मको बारेमा कुरा गर्दै नवाजले भनेका थिए, ‘ म यो फिल्ममा महिला र ट्रान्सजेन्डर दुवैको भूमिका निभाउने छु । यो फिल्ममा मेरो दोहोरो भूमिका छ । फिल्म निर्देशक अक्षतले करिब ४ वर्षदेखि मसँग यो फिल्ममा काम गर्न चाहेका थिए ।’

फिल्म अर्को वर्षमा रिलिज हुने अपेक्षा गरिएको छ । नवाजका फ्यानहरू उनको फिल्मको प्रतिक्षामा छन्, यस्तो अवस्थामा फिल्म ‘हड्डी’ मा उनकाे नयाँ लुकलाई लिएर दर्शकको उत्साह बढाएको छ । नवाज पछिल्लो पटक फिल्म ‘होली काउ’ मा देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४