Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको प्रदेश सभा २ मा मिलन एक्लै, गठबन्धनको भरमा ढुक्क युवराज


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ३० २०७९
  • 2.1K
    SHARES

काठमाडौं । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा प्रतिनिधि सभा माओवादीले लिएको थियो भने दुवै प्रदेश सभा एमालेले । प्रदेश सभा-२ मा एमालेबाट कैलाश ढुंगेलले चुनाव जितेका थिए । ढुंगेल अहिले प्रतिनिधि सभा उम्मेदवारमा छन् ।

२०७४ मा ढुंगेललाई सहयोग गर्ने माओवादीबाट यसपटक आफ्नै उम्मेदवार चौलागाईं मैदान उत्रिएका छन् । उनलाई नेपाली कांग्रेसले साथ दिएको छ । प्रतिनिधि सभामा माओवादीले यहाँ कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामलाई साथ दिएको छ ।

केन्द्रीय राजनीतिमा सक्रिय रहेका माओवादी उम्मेदवार चौलागाईं चुनाव जित्नेमा ढुक्क छन् । ‘स्थानीय तहको मतलाई हेर्दा पनि हामी अघि छौं । मेरो क्षेत्रको बलियो उम्मेदवार म हो । अहिले त नेपाली कांग्रेसको साथ पनि मलाई छ,युबराज चौलागाईं भन्छन् ।

४४ वर्षका चौलागाईंले ४० भन्दा बढी देशको भ्रमण गरेका छन् । विकसित र विकासोन्मुख देशको विकासको मोडल अध्ययन गरेका उनले रामेछापको दिगो विकासका लागि काम गर्ने बताएका छन् । रामेछापलाई केन्द्रीय राजनीतिको मूलप्रवाहमा जोड्न सक्ने भन्दै चौलागाईंले मतदाताको घरघरमा पुगेर भोट मागिरहेका छन् ।

रामेछापमै बसेर गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारसी संघ संस्थाका लागि काम गरेका एमाले उम्मेदवार घिसिङ पनि जितको दाबी गर्छन् । ‘रामेछापका सीमान्तकृत, दलित, जनजाति, महिला लगायतका क्षेत्रमा सामाजिक संघ संस्थामार्फत जिल्लाभरी कार्यक्रम गरेको छु, उनले भने, ‘गाउँमा बसेर नागरिकहरुको सेवा गरिरहेको छु । मेरो जित पक्का छ ।

रामेछापको प्रदेश सभा २ मा मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिका पर्छ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्ने हो भने माओवादीले दोरम्बा शैलुङ र सुनापति गाउँपालिका जितेको छ । माओवादीलाई साथ दिएको कांग्रेसल दोरम्बा शैलुङ गाउँपालिकामा उपाध्यक्ष मात्र जितेको छ । एमालेले मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिका जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४