Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप १९७० : फुटबलमा आधुनिकताको सुरुवात


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक ३० २०७९
  • 1.6K
    SHARES

काठमाडौं । उत्तर अमेरिकी देशले पहिलोपल्ट विश्वकप आयोजना अधिकार पाएको थियो । ६ वटै महादेशले प्रतिनिधित्व गरेको यो पहिलो विश्वकप थियो । यसअर्थमा वास्तविक विश्वकप यहाँबाट सुरुभयो ।

फिफाले अफ्रिका र एसियालाई कोटा छुट्यायो । यो उनीहरुको लामो समयदेखिको माग थियो । एल साल्भाडोर, इजरायल र मोरक्को प्रतियोगिताका लागि पहिलोपल्ट छनोट भए ।

राजनीतिक तिक्तता र सम्भावित बहिस्कारलाई ध्यानमा राख्दै मोरक्को र इजरायललाई फरक फरक समूहमा राखियो ।

यो विश्वकपदेखि फुटबलमा आधुनिकताको सुरुवात भएको हो । यही संस्करणबाट पहेँलो र रातो कार्डको प्रयोग सुरु भयो । यही संस्करणदेखि खेलमा सब्स्टिच्युडको व्यवस्था सुरु गरियो । त्यतिबेला एक खेलमा एउटा टिमले बढीमा दुई खेलाडी सब्स्टिच्युड गर्न पाउँथे ।

विश्वकपमा पहिलोपल्ट आधिकारिक म्याच बलको प्रयोग भयो । टेल्स्टार नाम दिइएको सो म्याचबल एडिडास कम्पनीले उत्पादन गरेको थियो ।

मेक्सिकोका पाँच शहरमा प्रतियोगिता विस्तार गरिएको थियो । राजधानी मेक्सिको सिटीमा अवस्थित स्टेडियम आज्टेकामा फाइनल खेल आयोजना गरिएको थियो । सो रंगशालाको दर्शक क्षमता १ लाख हो । तर, फाइनलमा १ लाख ७ हजार ४१२ जनाको उपस्थिति रहेको आधिकारिक तथ्यांक छ ।

  • जिओफ हर्स्ट : विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एक्लो खेलाडी

आफ्नो उच्च स्कोरिङ खेल र आक्रामक शैलीका कारण १९७० को विश्वकपमा ब्राजिल टिमलाई इतिहासकै महान टिम मानिएको थियो । ब्राजिल टिमले सबै ६ खेल जितेर १२ वर्षको अन्तरमा तेस्रोपल्ट विश्वकप उपाधि भित्र्याउँदा १९ गोल गरेको थियो ।

यो पेलेको अन्तिम विश्वकप थियो । उनले फाइनलमा आफ्नो महानताको छाप छोड्न सके । उनले ब्राजिलका लागि पहिलो गोल गरे भने तेस्रो र चौथो गोलमा असिस्ट गरे । ब्राजिलले इटलीलाई ४–१ ले हराएर उपाधि उचालेको थियो ।

तीनवटा विश्वकप जितेपछि ब्राजिलले जुलेस रेमिट ट्रफी आफैंले राख्न पाउने भयो । सन् १९७४ को विश्वकपका लागि नयाँ ट्रफी (अहिलेको) निर्माण गरिएको हो ।

यो विश्वकप पहिलोपल्ट रंगीन पर्दामा प्रत्यक्ष प्रशारण गरिएको थियो । विश्वकपका हरेक खेलहरु औषतमा ५० हजार व्यक्तिले हेरेका थिए । यसलाई विश्वकपकै सबैभन्दा महान संस्करण भनिन्छ किनभने यसपल्ट ब्राजिलले तेस्रोपल्ट विश्वकप जितेको थियो भने शताब्दीकै महान पेलेले अन्तिमपल्ट खेलेका थिए ।

ब्राजिलका जेयर्जिन्होलाई ‘विश्वकप हुरिकेन’को उपनाम दिइएको थियो । उनले आफू समावेश भएर ब्राजिलले खेलेका सबै खेलमा गोल गरेका थिए ।

युरोपको सहज समयमा प्रत्यक्ष प्रशारण गर्न भन्दै मेक्सिकोको चर्को गर्मीमा मध्याह्नको समयमा विश्वकपका खेलहरु सन्चालन गरिएको थियो ।

  • तथ्यांकमा विश्वकप १९७०

आयोजकः मेक्सिको
टिमः १६
फम्र्याटः समूह चरण, नकआउट
खेलः ३२
गोलः ९५
विजेताः ब्राजिल
उपविजेताः इटली
गोल्डेन बुटः गर्ड मुलर (पश्चिम जर्मनी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४