Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रेखालाई ‘योद्धा’ भन्दै करिश्माले मागिन् भोट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । यतिबेला चुनावी सरगर्मी उत्कर्षमा छ । कलाकार समेत कलाकारिताबाट विश्राम लिएर यतिबेला चुनावी मैदानमा छन् । आफूलाई मनपर्ने दल र उम्मेदवारको पक्षमा कलाकारले खुलेरै भोट मागिरहेका छन् । तर कतिपय कलाकार भने राजनीतिमा लाग्न नहुने भन्दै मौनप्रायः छन् ।

मोरङ-३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि यसपटक चुलिएको छ । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई भोट मागिरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले रेखालाई खुलेरै भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् ।

करिश्मा लेख्छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’

करिश्मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवाललगायतको घरदैलो कार्यक्रममा पनि हिंडिरहेकी छन् ।

रेखासहित अन्य कलाकार पनि यतिबेला चुनावी मैदानमा छन् । केही कलाकार प्रत्यक्ष उम्मेदवार छन् भने केही चाहिं समानुपातिक सूचीमा । समानुपातिक सूचीमा भएका कलाकार उम्मेदवार पनि भोट माग्दै हिंडिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४