Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु हुँदैनः कुन्ती पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 6K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताउनुभएको छ ।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उहाँले यस्तो बताउनुभएको हो । राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएकी उहाँले पर्यटक उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भूगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं क्षेत्र नम्बर २ मा विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले साेही क्षेत्रको शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम, रोल्पाको भन्दा विकट स्थिति रहेको बताउनुभयो । उहाँले निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो एजेण्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

उहाँले कागेश्वरी क्षेत्रमा ४ लेनको बाटो भएपनि सडकमा नै ढल मिसिँदा कुनै पनि सवारी साधन नचलेकोस्थिति रहेको बताउनुभयो । उहाँले आफूले जितेपछि पहिलो काम आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट हेर्ने र अनियमितता गरेको पाए कारबाही गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

नेतृ पोखरेलले काठमाडौं-२ मा बजेट नआएको पाएमा वर्षौंदेखिको बजेटको हिसाब गरेर विकासका काम अघि बढाउने बताउनुभयो । उहाँले यहाँ विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरुसँग आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४