Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेले गरेका कामकाे आधारमा जनताले जिताउने ओलीकाे दावी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई चुनावमा बहुमतले जिताउने विश्वास व्यक्त गर्नुभएकाे छ ।

नागरिक समाज र स्वतन्त्र अगुवाले आज मंगलबार गरेकाे पैदल यात्रा कार्यक्रममा सहभागी हुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे। पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए । पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा र समाजसेवीहरुको सहभागिता रहेकाे छ।

चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा अध्यक्ष ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गर्नुभएको हो । उनीहरुले ललितपुर क्षेत्र नम्बर–३ का प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन् । चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने प्रचारप्रसार तीब्र पारेका छन्।

यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलो कार्यक्रमा ब्यस्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४