Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जी-२० राष्ट्रहरुको शिखर सम्मेलन आज इण्डोनेशियामा सुरु हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 2.3K
    SHARES

काठमाडौं । विश्वका विकसित र विकासशील राष्ट्रहरुको संगठन जी-२० को शिखर सम्मेलन आज मंगलबारदेखि इण्डोनेशियाको बाली द्विपमा सुरु हुँदैछ ।

सिंगो विश्वको आर्थिक गतिविधि नियन्त्रण गर्न हैसियत राख्ने जी-२० सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रयहरुका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु बालीमा भेला भइसकेका छन् । मंगलबार बिहान इण्डोनेशियका राष्ट्रपति जोको विडाेडाेले उद्घाट्न गर्दै हुनुहुन्छ । रुस–युक्रेन युद्धका कारण उत्पन्न समस्या, जलवायु परिवर्तन नियन्त्रण, विश्वब्यापी रुपमा बढेको महँगी लगायतका विषयमा नेताहरुबीच छलफल हुने कार्यक्रम रहेकाे छ ।

सदस्य राष्ट्रका मन्त्री स्तरीय बैठकहरुले सहमति गरेका एजेण्डाहरुमा नेताहरुले हस्ताक्षर गर्नेछन् । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन भने उपस्थित हुनुहुन्न । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच इण्डोनेशियाको बालीमा ३ घण्टा लामो ऐतिहासिक शिखर वार्ता भएको छ ।

जी-२० सम्मेलनका लागि बाली पुग्नुभएका बाइडेन र सीबीच महत्वपूर्ण छलफल भएको छ । दुई नेताबीच आपसी तनावमा मथ्थर गर्दै अघि बढ्ने सहमति भएको छ । बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले चीनसँग अर्को शीतयुद्ध चल्न नदिने प्रतिवद्धता जनाउनुभयो । ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न हामी सक्षम छौं भन्ने सन्देश उहाँले दिनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी ले भने अमेरिका–चीन सम्बन्धको आधार ताइवान हो भन्दै ताइवानमा रेडलाईन पार नगर्न अमेरिकालाई चेतावनी दिनुभयो । सीले तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति बाइडेनसँग पहिलो पटक प्रत्यक्ष भेट भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४