Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप १९६२ : पेलेको चोटका बाबजुद ब्राजिल लगातार च्याम्पियन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २८ २०७९
  • 4.6K
    SHARES

काठमाडाैं । हरेक संस्करणमा फरक महादेशमा विश्वकप आयोजना गर्ने फिफाको घोषणा र आफनो क्षेत्रमा प्रतियोगिता नभएमा बहिस्कार गर्ने दक्षिण अमेरिकी देशको चेतावनीअनुसार विश्वकप १२ वर्षपछि दक्षिणी गोलार्द्धमा फर्किएको थियो । यसपल्ट अर्जेन्टिनाले आयोजना अधिकार पाउने सम्भावना थियो । तर, चिलीले विभिन्न प्रतियोगिता र फिफा कंग्रेसका क्रममा सदस्य राष्ट्रहरुको समर्थन पाउँदै आयोजना अधिकार हत्यायो ।

विश्वकप आयोजनाको दावी गर्दै चिली फुटबल फेडेरेसनका अध्यक्ष कार्लोस डिटवर्नले त्यतिबेला भनेका थिए, ‘पोर्क नाडा टेनेमोस, लो हारेमोस टोडो (किनभने हामीसँग केहि पनि छैन, हामी सबै कुरा गर्नेछौं ।) उनको यो भनाइ विश्वकपमा अनौपचारिक नारा नै बन्यो । साँच्चै उनीहरु निकै कमजोर बनेका थिए । किनभने दुई वर्षअघि सन् १९६० मा चिलीले अहिलेसम्मकै शक्तिशाली ९.५ म्याग्निच्युडको भूकम्प सामना गर्नुपरेको थियो । प्रतियोगिताको तयारी नराम्रोसँग प्रभावित भएको थियो । ८ शहरका लागि निर्धारित आयोजनास्थल घटाएर तीन शहरमा गरिएको थियो ।

जब प्रतियोगिता सुरु भयो, दक्षिण अमेरिकाबाट छनोट भएका चारै टिमले जितका साथ आफ्नो अभियान सुरु गरे । युरोपका ‘ठूला’ नामहरु बराबरी वा जितका साथ विस्तारै अंक बटुल्दै थिए । समूह चरणको खेलबाट नकआउटमा प्रवेश गर्न गोलअन्तरलाई मापदण्ड बनाउन सुरु गरिएको थियो । बराबरी भएको अवस्थामा पुनः खेल खेलाउने नियमलाई खारेज गरिएको थियो ।

‘अन फिल्ड एक्सन’मा केवल फुटबलमात्र होइन झडप पनि देखियो । सबैभन्दा खराब अवस्था समूह चरणमा चिली र इटलीबीचको खेलमा देखियो । जहाँ दुवै टिमका खेलाडीहरु आपसी मुक्का हानाहानमा उत्रिएका थिए । यो खेललाई ‘सान्टियागोको लडाईं’ भन्न थालियो । त्यतिबेला इटली टिमलाई प्रहरी सुरक्षामा मैदान बाहिर निकाल्नुपरेको थियो । घरेलु टिम चिलीले समूहचरणका आफ्ना तीन खेलमध्ये दुई जित निकाल्ने क्रममा युरोपियन च्याम्पियन सोभियत युनियनलाईसमेत हराएर सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा उसले साविक विजेता ब्राजिलसँग पराजय ब्यहोरेको हो ।

दोस्रो सेमिफाइनलमा चोकोस्लोभाकियाले युगोस्लाभियालाई पराजित गरेको थियो । सो खेलमा अत्यन्तै न्यून दर्शकको उपस्थिति थियो । फाइनलमा सुरुमै पछि परेको ब्राजिलले पुनरागमन जितका साथ लगातार दोस्रोपल्ट विश्वकप उपाधि उचाल्यो । दुईवटा विश्वकप जित्ने ब्राजिल तेस्रो देशसमेत बन्यो । समूह चरणमै चोकोस्लोभाकियासँगको खेलमा पेले घाइते भएपछि ब्राजिलको अग्रपंक्तिको नेतृत्व गारिन्चाले गरेका थिए ।

सन् १९६० को महाभूकम्पपछि आयोजक देशका जनतालाई खुसी हुने पर्याप्त बहाना मिलेको थियो । उनीहरु प्रतियोगितामा तेस्रो भएका थिए । यो संस्करणमा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट पुरस्कार ६ खेलाडीलाई हस्तान्तरण गरिएको थियो ।

सन् १९५८ मा उदाएको पेले संसारकै सर्वश्रेष्ठ खेलाडी बनिसकेका थिए । चार वर्षपछि उनी ग्लोबल सुपरस्टार बनेका थिए । तर, समूह चरणकै खेलमा चोटग्रस्त बनेपछि उनले बाँकी खेल गुमाउन पुगे । नकआउट चरणमा प्रवेशका लागि गोलअन्तरको नयाँ नियम सुरु भएपछि खेलमा गोल संख्या कम हुन थाल्यो । ‘लो स्कोरिङ’ विश्वकपको यो संस्करणमा प्रतिखेल औषत २.७८ गोल भएका थिए । यो अहिलेसम्मकै कम गोल औषत हो ।

तथ्यांकमा विश्वकप १९६२

आयोजकः चिली
टिमः १६
फर्म्याटः समूह चरण, नकआउट
खेलः ३२
गोलः ८९
विजेताः ब्राजिल
उपविजेताः चोकोस्लोभाकिया
गोल्डेन बुटः गारिन्चा र भाभा (ब्राजिल), लियोनल सान्चेस (चिली), ड्राजेन जेर्कोभिच (युगोस्लाभिया), फ्लोरेन अल्वर्ट (हंगेरी) र भ्यालेन्टिन इभानोभ (सोभियत युनियन)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४