Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनका लागि दक्षिण कोरियासँग थप युद्ध सामग्री खरिद गरेको अमेरिकाकाे दावी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २६ २०७९
  • 5.4K
    SHARES

काठमाडौं । अमेरिकाले युक्रेनको सहयोगका लागि दक्षिण कोरियासँग थप हतियार तथा युद्ध सामग्री खरिद गर्ने जनाएको छ ।

दक्षिण कोरियाले भने यसअघि नै आफूले युक्रेन युद्धका लागि हातहतियार उपलब्ध नगराउने सहमति जनाइसकेकाले सोही सामग्री अमेरिकी सेनाले प्रयोग गर्ने जनाएको हाे । तर अमेरिकाले दक्षिण कोरियासँग युक्रेनी सेनाको सहयोका लागि ठूलो मात्रामा हतियार खरिदको सम्झौता गरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले रक्षामन्त्री ली जोङ सुप र अमेरिकी रक्षा सचिव लोडय अस्टिनले केही सातअघि मात्र हतियार खरिद सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ ।

अमेरिकी अधिकारीहरुले भने दक्षिण कोरियायोका चाहना विपरीत हतियार युक्रेन पठाउने तयारी गरेको बताइएको छ । युद्ध सामग्री अमेरिकी क्षेत्रबाट वा दक्षिण कोरियाबाट सोझै युक्रेन पठाउने भन्ने बारेमा भने निर्णय भइनसकेको अमेरिकी अधिकारीहरुले जनाएको समाचार संस्था अलजजिराले जनाएका छ ।

यता दक्षिण कोरियाको रक्षा मन्त्रालयले युक्रेनलाई हतियार उपलब्ध नगराउने पूर्ववत निर्णयमा अडिग रहेको दोहोर्याएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँग नजिकिएसँगै आफ्नो सम्बन्ध कायम नरहने चेतावनी दिएसँगै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गत महिना युक्रेनलाई कुनै पनि घातक हतियार उपलब्ध नगराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

दक्षिण कोरियाले आफ्ना कदमविरुद्ध रुसले उत्तर कोरियासँग नजिकिने त्रासका कारण सो हतियार खरिद प्रकरणको खुलेर समर्थन नगरेको बताइएको छ । केही समयदेखि अमेरिकी सेनाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास जारी राखेकाले उत्तर कोरियाले निरन्तर लामो तथा छोटो दूरीका ब्यालेस्टिक मिसाइलहरु परीक्षण गरिरहेको छ । उत्तरको सोही कदम संयुक्त राष्ट्रसंघ लगायत विभिन्न पश्चिमा मुलुकहरुका लागि टाउको दुखाइको विषय बन्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४