Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित भएको माधव नेपालको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २४ २०७९
  • 5.2K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि विचल्लित भएको टिप्पणी गर्नुभएको छ ।

विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उहाँले ओली नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाउनुभएको हो । अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताउनु भयो । उहाँले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि विद्रोह गर्नुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौं । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन् । यो त संकलन गर्नुपर्छ । केके बोले अहिलेसम्म । झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याउने बताउनु भयो । उहाँले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताउनु भयो । उहाँले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गर्नुभयो ।

उहाँले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष नेपालले नेपालको आर्थिक स्तरोन्नतीको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरुको लागि छिन्नभिन्न हुने र जोडिने कुरा सामान्य भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४