Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवादेखि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २३ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । काम चलाउ सरकारका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवादेखि अरु चार पूर्व प्रधानमन्त्री चुनावी मैदानमा हुनुहुन्छ । दुईपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली, पुष्पकमल दाहालदेखि दोहोर्‍याउने संयोग नजुरेका माधवकुमार नेपाल, झलनाथ खनालसम्म संसद जाने बाटो खोज्दै हुनुहुन्छ । ७० र ८० वर्ष बीचका शीर्ष नेतृत्वको राजनीतिक मोह आफैंमा रोचक छ । एक्लाएक्लै नभएर सत्तामा पहुँच जमाउने उद्देश्यसहित कार्यकारी भूमिका निर्वाह गरिसकेका शीर्ष नेतृत्व यतिबेला चुनावी मैदानमा छ । तीनदशकदेखि एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट निरन्तर चुनिदै आउनुभएका बहालवाला प्रधानमन्त्री देउवा र पटकैपिच्छे निर्वाचन क्षेत्र सार्ने माओवादी अध्यक्ष प्रचण्डका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ ।

२०४८ सालमा डलेलधुराबाट सांसद बनेपछि निरन्तर संसदीय राजनीतिमा शक्तिशाली भूमिकासहित रहँदै आउनु भएका देउवा पहिलो पटक ०५२ सालमा प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । त्यसपछि २०५८ र २०६१ सालमा पनि देउवा प्रधानमन्त्री बन्नुभयो । २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बन्नुभएका देउवाको यो पाँचौ कार्यकाल हो । ०७४ सालको निर्वाचनमा डडेलधुराबाट देउवाले २८ हजार ४ सय ४६ मत ल्याउनु भएको थियो ।

ओलीलाई एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । यसकारण मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने अवस्थामा ओली तेस्रो पटक प्रधानमन्त्री बन्नुहुनेछ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभएको थियो । ०६२–०६३ को जनआन्दोलनपछि बनेको सरकारमा उहाँ उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नुभयो । ०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा झापाबाटै निर्वाचित ओली २०७२ असोज २५ पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । भारतीय नाकाबन्दीको विरोधका कारण उहाँले आफ्नो राष्ट्रवादी छविलाई निकै उच्चो बनाउनु भएको थियो । परिणाम स्वरुप ०७४ को निर्वाचनमा माओवादीलाई समेत साथमा लिएर लडेको चुनावमा वामगठबन्धन झण्डै दुईतिहाई स्थानमा विजयी भयो । ०७४ फागुन ३ मा उहाँ गठबन्धनका तर्फबाट १ सय ७४ जना सांसदको समर्थनमा दोस्रो पटक शक्तिशाली प्रधानमन्त्री निर्वाचित हुनुभयो ।

गठबन्धनका तर्फबाट भने अहिले पनि को प्रधानमन्त्री बन्ने भन्ने निश्चित छैन । गठबन्धनको एक दल माओवादीका अध्यक्ष प्रचण्डले मंसिर ४ पछि आफू प्रधानमन्त्री बन्ने खुलासा गर्नुभएको छ । संविधानसभाको पहिलो निर्वाचनबाट ठूलो दल बनेसँगै पहिलो पटक ०६५ भदौ २ मा प्रधानमन्त्री बन्नुभएका माओवादी अध्यक्ष प्रचण्ड प्रधानसेनापति रुक्माङ्गद कटुवाल काण्डपछि राजिनामा दिन बाध्य हुनुभयो । ०७० सालको निर्वाचनमा माओवादी तेस्रो दलका रुपमा खुम्चियो भने ०७४ मा तत्कालिन नेकपा एमालेको वैशाखी टेकेर माओवादी अस्तित्वमा रह्यो । पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएपछि प्रचण्डलाई दोस्रो पटक प्रधानमन्त्री बन्न करीब ८ वर्ष कुर्नु पर्यो । उहाँ २०७३ साउन २० मा दोस्रो पटक त्यो पनि कांग्रेसको साहारामा प्रधामन्त्री बन्नुभयो । त्यही कारण प्रचण्डले हरेक निर्वाचन क्षेत्र फेर्नुपर्ने बाध्यता छ । अहिले पनि उहाँको चितवनबाट उम्मेदवार बन्ने चर्चा थियो । अन्तिम समयमा उहाँले गोरखा २ रोज्नुभएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव नेपाल पनि गठबन्धनमै हुनुहुन्छ । उहाँहरुको भने प्रधानमन्त्रीमा खासै चर्चा छैन । यद्यपि ०६४ सालको निर्वाचनका बेला नेपाल एमालेको पार्टी प्रमुख हुनुहुन्थ्यो । नेपाल ०६६ जेठ ११ मा प्रधानमन्त्रीको ढोका खुल्यो र पहिलो पटक प्रधानमन्त्री बन्नुभयो । यतिबेला नेपाल प्रधानमन्त्री दाबी गर्ने ठाउँमा त हुनुहुन्न तर, यो पटक पनि कतै पहिला जसरी नै प्रधानमन्त्री पद प्राप्त होला कि भन्ने आशा भने प्रकट हुन्छ ।

अहिलेका जीवित पूर्वप्रधानमन्त्रीमध्ये लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई चुनावी मैदानबाट बाहिर निस्किनु भएको छ । पञ्चायतमा ०४० मा प्रधानमन्त्री बन्नुभएका चन्द बहुदलअघि ०४६ मा पनि प्रधानमन्त्री हुनुभएको थियो । बहुदलपछि पनि प्रधानमन्त्री बन्नुभएका चन्द सक्रिय राजनीतिबाट समेत विदा लिनुभएको छ । चन्द ०५३ फागुन २९ र राजाको प्रत्यक्ष शासनकालमा ०५९ असोज २५ गरी बहुदलपछि पनि दुई पटक प्रधानमन्त्री बन्नुभएको थियो ।

०६९ चैत १ मा मन्त्रिपरिषद् अध्यक्ष बनेर संविधानसभाको दोस्रो निर्वाचन गराउनु भएका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि राजनीतिको दौडमा हुनुहुन्न । यसरी हेर्दा अहिले जिवित प्रधानमन्त्रीमध्ये पाँच जना चुनावमा खेलाडी हुनुहुन्छ । कसको घाँटीमा विजयमाला पहिरिएला त्यसका लागि भने चुनावी तिथि कुर्र्नैपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४