Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीका भट्टराईकाे उम्मेदवारी निस्कृय


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २३ २०७९
  • 2.7K
    SHARES

स्याङ्जा । नेकपा एकीकृत (समाजवादी) का रामचन्द्र भट्टराई (आरसी) ले आफ्नो उम्मेदवारी निस्कृय गर्नुभएको छ ।

आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै उहाँले उम्मेदवारी निस्कृय गरेकाे बताउनुभएकाे हाे । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावका लागि स्याङ्जा २ (क) बाट उम्मेदवारी दिनुभएका भट्टराईले नेपाली कांग्रेसका भोजराज अर्याललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय गर्नुभएको हो । वाम लोकतान्त्रिक गठबन्धन अन्तर्गत समाजवादीकाे लागि सोही क्षेत्र परेको थियो । तर कांग्रेसका भोजराज अर्यालको समेत सोही क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएपछि अन्योलता छाएको थियो ।

भट्टराईकाे जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘मेरो उम्मेदवारी रहेको क्षेत्रका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूको राय र सुझाव एवं पार्टीका केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम मेरो उम्मेदवारीलाई आजैका मितिदेखि निस्कृय पारेको घोषणा गर्दछु ।’

भट्टराईले विज्ञप्तिमा गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार अर्याललाई सहयोग पुग्ने गरी उम्मेदवारी निस्कृय गरेको समाजवादीले जनाएको छ । भट्टराईको उम्मेदवारी निस्कृय भएसँगै गठबन्धन अन्तर्गत कांग्रेसका उम्मेदवार अर्याललाई सहज हुने भएको छ ।

यो क्षेत्रमा समाजवादीको राम्रो उपस्थिति समेत रहेको छ । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भट्टराई जिल्लामा राम्रो पकड भएका नेताका रुपमा समेत चिनिनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४