Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा नमूना मतदान, कसरी गर्ने चार थरी मतपत्रमा मतदान ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २२ २०७९
  • 10.4K
    SHARES

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि रामेछापमा नमूना मतदान गरिएको छ । आज सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको मैदानमा नमूना मतदानमा कार्यक्रम सम्पन्न भएको हो ।

जमूना मतदान केन्द्रबाट मतपेटिका खोसिएको वा लुटिएको अवस्थामा प्रहरी तथा अन्य निकायले पालना गर्नुपर्ने आवश्यक भुमिकाका बिषयमा जनकारी सहितको नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन अधिकारी मधुकर साहले मतदान स्थलमा हुन सक्ने सम्भावित घटना र मत बदर हुनेबाट रोक्नका लागि नमूना मतदान गरिएको बताए ।

नमुना मतदान कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्मा, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । प्रजिअ रेग्मीले मतदानका क्रममा आईपर्ने समस्या तथा अप्ठ्याराहरुको समाधानसहितको नमूना अभ्यास गरिएको बताए ।

आगामी निर्वाचनमा चार वटा मतपत्र हुनेछ । प्रत्यक्ष तर्फ प्रतिनिभिसा र प्रदेशसभा, समानुपातिकतर्फ पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सहित मतदाताले ४ वटा मतपत्रमा मतपेटिका खसाल्नुपर्नेछ । जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा गरी ९६ वटा मतदान स्थल र २२६ वटा मतदान केन्द्र कायम गरिएको छ । रामेछापबाट कुल १ लाख ८० हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४