Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको कांग्रेस नेता कोइरालाकाे आरोप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २० २०७९
  • 1.7K
    SHARES

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाउनुभएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा आज आइतबार विराटनगर–११ मा पुग्नु भएका कांग्रेसका प्रभावशाली नेता समेत रहनुभएका कोइरालासँग आमनागरिकले नागरिता विधेयक पास नहुँदा गैरनागरिक बनेर बस्नु परेको गुनासाे गरेका छन् । सर्वसाधारणको गुनासो सुनेपछि नेता कोइरालाले राष्ट्रपतिको कारण नागरिकता समस्या समाधान नभएको बताउनुभएकाे हाे ।

मोरङ क्षेत्र न. ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेता कोइरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक पास नभएको बताउनुभयो । आइतबार चुनावी प्रचारप्रसारका क्रममा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले मंसिर ४ गते हुने निर्वाचनपछि बन्ने कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनको सरकारले नागरिकता विधेयक पास गर्ने दावी समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४