Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराउँदा भारत सेमिफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक २० २०७९
  • 2.4K
    SHARES

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकपमा सुपर १२ अन्तर्गत ग्रुप २ को खेलमा आइतबार नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई १३ रनले पराजित गर्दा भारत अन्तिम खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ । भारतले अन्तिम खेल जिम्बावेसँग आइतबारै खेल्दैछ । नेदरल्याण्ड्सलाई पराजित गरेमा दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने थियो । राम्रो सुरुवात गरेपनि निर्णायक खेलमा चुकेपछि दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएको छ । दक्षिण अफ्रिकाको हारले पाकिस्तान र बंगलादेशलाई पनि राहत भएको छ । आइतबारै हुने यी दुई एसियन राष्ट्रबीचको विजेता टिम पनि सेमिफाइनल प्रवेश गर्नेछ ।

ग्रुप २ मा भारतको ४ खेलबाट ६ अंक छ । पाँच खेल खेलिसकेको दक्षिण अफ्रिका पाँच अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तान र बंगलादेशको समान ४ अंक छ । सुरुआती तीन खेलमा अपराजित रहँदै सेमिफाइनल सम्भावना बलियो बनाएको दक्षिण अफ्रिका चौथो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । आईसीसीको ठूला प्रतियोगितामा दक्षिण अफ्रिका अभागी बन्दै आएको छ भने यस पटक पनि त्यो शृंखलाले निरन्तरता पायो ।

  • नेदरल्याण्ड्सले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको हो ।

एडेलेइड ओभरमा नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि राइले रुसोले बनाएको २५ रन नै व्यक्तिगत उच्च रह्यो । हेनरिक क्लासेनले २१ र कप्तान तेम्बा बभुमाले २० रन जोडे । दक्षिण अफ्रिकालाई जितबाट रोक्न दक्षिण अफ्रिकामै जन्मेर हाल नेदरल्याण्ड्सका लागि खेलेका ब्रान्डन ग्लोभरले तीन विकेट लिए । उनले २ ओभरमा ९ रन मात्र खर्चे । फ्रेड क्लासेन र बास डे लिडले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १५८ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कोलिन अकरमाले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । स्टेफन माइवर्गले ३७, टम कुपरले ३५ र म्याक्स ओ डाउडले २९ रन बनाए । दषिण अफ्रिकाका केसव महाराजले २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४