Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णालीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १९ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । एपीएफ क्लब कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा जीतका लागि २३३ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४८.१ ओभरमा १९० रनमा अल आउट भयो । कर्णालीका लागि ओपनर ब्याटर कप्तान रविन्द्र शाहीले सर्वाधिक ८० रन बनाए । उनले १३८ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

विपिन शाहीले ३४ तथा तेस्रो क्रमका ब्याटर अर्जुन घर्तीले २१ बलमा २७ रन बनाए । दिनेश अधिकारीले १७ बलमा २ चौका र १ छक्का सहित २० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् र कर्णाली पराजित भयो । एपीएफका लागि मौसम ढकालले सर्वाधिक ४ विकेट लिए ।कमल ऐरी र भुवन कार्कीले समान २-२ विकेट लिए । कप्तान सरद र पुरन विकले समान १ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफ ४७.२ ओभरमा २ सय ३४ रनमा अलआउट भयो । एपीएफका ओपनर आसिफ शेखले १३६ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १३० रन बनाए । आसिफले १०८ बलमा राष्ट्रिय प्रतियोगिताको आफ्नो पहिलो शतक पूरा गरेका हुन् ।

उनी अन्तिम विकेटको रुपमा प्रकाश जैशीको बलमा बोल्ड आउट भए । उनको करिअरको यो दोस्रो शतक हो । आसिफले यसअघि २०१६ को एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा पञ्चकन्या तेजबाट १ सय ११ रन हानेका थिए । उनी टी-२० फ्रेन्चाइजमा शतक हान्ने पहिलो नेपाली खेलाडी हुन् । एपीएफका आसिफ बाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । भुवन कार्कीले २३ र

ओपनर प्रदीप ऐरी २९ बलमा २ चौका र १ छक्कासहित २० रन बनाए ।

कर्णालीका प्रकाश जैशी र दिपेन्द्र रावतले समान ३ तथा दिवन पुनले २ र दिनेश अधिकारीले १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४