©नेत्र बहादुर कार्की ।
काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने गोकुलगंगा गाउँपालिका हालको वडा नं ५ साबिक वडा न ९ स्थित पासाबारमा आगोलागी हुदाँ सिताराम तामाङको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो । गोकुलगंगा गाउँपालिका वडा न ५ पासाबारमा अचानक आगलागी हुँदा घरमा भएको सम्पूर्ण सामानहरु जलेर नष्ट भएको थियो ।
घरमा भएको लत्ता कपडा भाडाकुडा अन्न र भएको सबै सम्पति नष्ट भएको हुदाँ सिताराम तामाङ्गको परिवारहरुको बिचल्लीमा परेको अबश्थामा केहि व्यक्तिहरुबाट प्राप्त भएको रकमलाई पूर्ण बहादुर खड्का प्रतिष्ठान मार्फत पूर्ण बहादुर खड्का प्रतिष्ठानका अध्यक्ष निरन्जी खड्काले पिडित परिवारलाई केहि राहत स्वरूप नगद रु – १४२००। अक्षेरुपि चौध हजार दुइ सय रुपया आगोलागीबाट घर जलेर पिडित भएका सिताराम तामाङ्गलाई हस्तान्तरण गरेका छन् । स्थानीय बासिहरुका अनुसार घरमा कोहि नभएको बेला आगोलागी भएकाले सबै सामग्रीहरु जलेर नष्ट भएको थियो ।
तामाङ्ग बिरामी भएकी छोरीलाई लिएर उपचारको लागि नामाडी बजार आएको बेला आगोलागी भएको थियो । साथै अहिले सम्म आगोलागिको कुनै कारण भने खुल्न सकेको छैन । तामाङ्गको घरमा ६ जनाको परिवार बस्दै आएका थिए । उक्त घरमा आगोलागी पछी प्रहरी घटनास्थलमा पुगेर मुचुल्का पुगेर फर्किएको छ ।
सम्पूर्ण धन सम्पति सामान सहित बस्ने बास र खाने गास समेत जलेर ध्वस्त भएकोले यो दुखद् घडीमा सिताराम तामाङ्गको परिवारलाई केहि सहयोग गरिदिनुहुन् सम्पूर्ण सहयोगि मन सहयोगी दाताहरुलाई सहयोग गरिदिनुहुनको लागि हार्दिक अपिल गर्दछौ ।
जन आवाज मिडिया हब प्रा.लि. परिवार