Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावी सभालाई सम्बोधन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १९ २०७९
  • 3.1K
    SHARES

काठमाडौं । चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहनु भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शनिबार दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँले शनिबार बिहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुर र दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालको चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा हुनुहुन्छ ।

उहाँले बिहीबार अमरगढी तथा शुक्रबार नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गरिसक्नुभएको छ ।

संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका चुनावी संयोजक एवं कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदका अनुसार प्रधानमन्त्री देउवाले भोलि आइतबारआलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४