Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापा–१ : कांग्रेस महामन्त्री शर्मा र एमाले नेता खरेलबीच रोचक प्रतिस्पर्धा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १६ २०७९
  • 2.5K
    SHARES

झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल चुनावी मैदानमा हुनुहुन्छ । झापामा लोकप्रिय मानिने केन्द्रीय पहुँच भएका नेताहरूका कारण पनि यस पटक कस्को पल्ला भारी हुने हो भन्ने अनुमान लगाउन झापाबासीलाई मुस्किल भईरहेको छ ।

२०७० मा भएको संविधान सभाको निर्वाचनमा एमालेका नेता रबिन कोइरालासँग ६ सय ८९ मतको झिनो अन्तरले पराजित हुनु भएका कांग्रेसका नेता विश्वप्रकाश शर्मा २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्र कुमार कार्कीसँग २ हजार ८ सय १० मतको अन्तरले पराजित हुनु पर्‍याे ।

संसदीय निर्वाचनमा तेस्रो पटक होमिनु भएका कांग्रेसका महामन्त्री शर्माको टक्कर यस पटक एमाले नेता अग्नी खरेलसँग हुने भएको छ । यस पटक भने महामन्त्री शर्मालाई चुनाव जित्न सहज हुने देखिएको छ । किनकि खरेलको निर्वाचन क्षेत्र झापा १ नम्बर नरहेको र शर्माको आफ्नै निर्वाचन क्षेत्र भएकाले पनि शर्मालाई जित्न सहज हुने धेरैको अनुमान छ ।

एमालेका नेता रबिन कोइरालाको यही निर्वाचन क्षेत्रमा उम्मेद्वारी रहेको भए यस पटक पनि महामन्त्री शर्मालाई यो निर्वाचन क्षेत्रमा चुनाव जित्न सकस हुने कांग्रेसभित्र विश्लेषण थियो । तर, एमालेका नेता कोइराला ब्याकभएपछि शर्मालाई चुनावी मैदान सहज भएको एमाले वृत्तमै पनि चर्चा छ ।

यता शर्मालाई भने अझैंपनि कांग्रेस भित्रको किचलो मिलाउनु पर्ने बाध्यता छ । किनकि गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमालेलाई पहिलो पार्टीको रूपमा मत आएको छ । कांग्रेस महामन्त्री शर्मामाथि आफ्नै गृहपालिका मेचीनगरमा पनि कांग्रेसलाई जिताउन नसकेको आरोप छ ।

सत्तारूढ गठबन्धन दलका तर्फबाट चुनावी मैदानमा होमिनु भएका शर्मालाई यस पटकको निर्वाचन जसरी पनि जित्नै पर्ने बाध्यता छ ।

यता, एमालेको बिरासत जोगाउने होडमा लाग्नु भएको छ, एमाले नेता खरेल पनि । उहाँको निर्वाचन क्षेत्र झापा-२ भनिएपनि अन्तिम समयमा पार्टीले झापा-१ का लागि टिकट दिएसँगै उहाँ यो निर्वाचन क्षेत्रमा जानु भएको हो । तर, उहाँलाई पार्टी भित्रै ‘टुरिष्ट’ उम्मेद्वारका रूपमा हेरिनु र अर्का नेता कोइरालालाई प्रदेश सभा सदस्यको मात्रै टिकट प्रदान गरिनुले पनि असन्तुष्टि छ ।

निकै प्रखर मानिनु हुने कांग्रेसका नेता शर्माले आफूलाई उछिन्ने हुन कि भन्दै खरेल पनि मतदाताका घर घर पुगेर मत मागिरहनु भएको छ ।

यो निर्वाचन क्षेत्रमा १ लाख २० हजार ३ सय ७५ मतदाता रहेका छन् । एमाले राप्रपासँगको गठबन्धनमा चुनावमा होमिएको छ भने, नेपाली कांग्रेस माओवादी केन्द्र सहितका अन्य दल सहित चुनावी दौडमा छ ।

यद्यपी यही निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यकै लागि स्वतन्त्र सहित २१ जनाको उम्मेद्वारी रहेकाले प्रतिस्पर्धा रोचक हुने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४