©नेत्र बहादुर कार्की ।
काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भेगमा पर्ने गोकुलगंगा गाउँपालिका हालको वडा नं ५ साबिक वडा न ९ स्थित पासाबारमा आज बिहानको समयमा आगोलागी हुदाँ सिताराम तामाङको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
दु:खद खबर गोकुलगंगा गाउँपालिका वडा न ५ पासाबारमा बिहान करिव ११:०० बजेको समयमा अचानक आगलागी हुँदा घरमा भएको सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । घरमा भएको लत्ता कपडा भाडाकुडा अन्न र भएको सबै सम्पति नष्ट भएको हुदाँ सिताराम तामाङ्गको परिवारहरुको बिचल्ली भएको छ ।
स्थानीय बासिहरुका अनुसार घरमा कोहि नभएको बेला आगोलागी भएकाले सबै सामग्रीहरु जलेर नष्ट भएको हो । तामाङ्ग बिरामी भएकी छोरीलाई लिएर उपचारको लागि नामाडी बजार आएको बेला आगोलागी भएको थियो । साथै अहिले सम्म आगोलागिको कुनै कारण भने खुल्न सकेको छैन । तामाङ्गको घरमा ६ जनाको परिवार बस्दै आएका थिए ।
उक्त घरमा आगोलागी पछी प्रहरी घटनास्थलमा पुगेर मुचुल्का पुगेर फर्किएको जानकारी प्राप्त भएको छ ।
सम्पूर्ण धन सम्पति सामान सहित बस्ने बास र खाने गास समेत जलेर ध्वस्त भएकोले यो दुखद् घडीमा सिताराम तामाङ्गको परिवारलाई केहि सहयोग गरिदिनु हुन् सम्पूर्ण सहयोगि मन सहयोगी दाताहरुलाई सहयोग गरिदिनुहुनको लागि हार्दिक अपिल गर्दछौ ।
जन आवाज मिडिया हब प्रा.लि. परिवार