Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन सँग प्रतिस्पर्धा गर्न एमालेलाई धौ–धौ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक १४ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । निर्वाचनमा होमिएका रामेछापका लोकतान्कि वाम गठबन्धन सँग पतिस्पर्धा गर्न नेकपा एमालेलाई धौ–धौ हुने भएको छ । गाँउ गाँउमा गरिएको चुनावी सभामा गठबन्धनको कार्यक्रममा पर्याप्त मानिसहरु आउने तर एमालेका कार्यक्रमहरुमा कम मानिस आउने गरेपछि एमाले लाई धौ धौ पर्न लागेको हो । टिकटका आकांक्षि धेरै भएका कारण उम्मेदवारी मनोनयन गरे लगत्तै देखिएको गठबन्धन र एमालेको आन्तरिक द्धन्द केहि समय पछि मिलेको छ ।

आन्तरिक समस्याका कारण केहि असन्तुष्टिहरु गठबन्धनमा देखिएको भएता पनि तिहार सकिएसंगै अहिले गठबन्धनका दुई ठुला दलहरु नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सवै नेता तथा कार्यकर्ताहरु चुनावी माहोलमा होमिएकाले पनि आन्तरिक द्धन्द मिलेको सन्देस दिएको छ । यस अगाडि निर्वाचनको घरदैलो कार्यक्रममा नदेखिएका नेता तथा कार्यकर्ताहरु समेत अहिले नागरिकहरुको घर घरमा मत माग्न पुगेका छन् । अहिले काँग्रेस र माओवादी केन्द्रका सवै एक भएर घरदैलो गर्दै हिडिरहेका छन् ।

गठवन्धन दल भित्रको एकतासंगै अहिले संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ( कान्छाराम ) र प्रदेश सभातर्फ प्रदेश सभा १ मा तारानारायण श्रेष्ठ र प्रदेश सभा २ मा युवराज चौंलागाईंले अन्य उम्मेदवारलाई धेरै पछाडि पारिसकेका छन् । निर्वाचनको दौडमा लोकतान्त्रिक वाम गठबन्धन निकै आगाडि रहेको ति दलका नेताहरुको दावी छ ।

सामाजिक कामले राजनितिमा स्थापित भएका नेपाली काँग्रेसका संघिय संसदका उम्मेदवार पूर्णबहादुर तामाङ्ग ०७४ सालको आम निर्वाचनमा ३५ हजार ७ सय ७१ मत ल्याएका थिए । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उमेद्वार वनेका श्याम कुमार श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरी बिजयी भएका थिए ।

संघिय संसदका लागि ६ हजार ३ सय ४७ मतले पराजित भएका थिए तामाङ्ग अहिले ३६ हजार काँग्रेस पार्टिको र २७ हजार माओवादी केन्द्रको मत सहित ६३ हजार मत ल्याएर आफुले जित्ने दावि गर्नु भएको छ । उहाले आफ्ना प्रतिस्पर्धि एमालेका कैलाश प्रसाद ढुंगेललाई आधा भन्दा बढी मतले पछाडि पार्ने दावी गर्नुभयो ।

एमालेका उम्मेदवार कैलाश ढुंगेल पनि चुनावी मैदानमा कस्सिएर लागेका छन् । तर आर्थिक मामिला तथा योजना मन्त्री हुँदा प्रदेश सभा (ख) मा मात्र बढि बजेट बिनियोजन गरेको आफुले बिनियोजन गरेको बजेटको काम सम्पन्न हुने वेलामा अतिरिक्त रकम माग्न आफ्ना कार्यकर्तालाई पठाउने गरेको आरोप ढुंगेललाई छ ।
प्रदेश सभा (क) मा पनि माओवादी केन्द्रका तारानाराण श्रेष्ठ र प्रदेश सभा (ख) मा माओवादी केन्द्रका युवराज चौंलागाई पनि एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल र मिलन घिसिङ्ग भन्दा निकै आगाडि छन् । किनकी शान्ति प्रसाद पौडेल यस अघि प्रदेश सांसद हुँदा आफ्नो क्षेत्रको बिकास गर्न नसकेको कहिले एमाले कहिले नेकपा एस भन्दै पार्टि परिवर्तन गरिरहेको र ४९ दिन वन तथा वातावरण मन्त्री हुँदा जिल्लाको विकास निर्माणको कुनै काम नगरेको आरोप लगाएका छन्।
भने प्रदेश (ख) का उमेद्वार मिलन घिसिङलाई पनि मतदाताहरुले राजनितिज्ञ नभई गैसस कर्मिको रुपमा हेर्ने गरेका छन् । स्थानीय गैसस सामुदायिक विसका समाजको निर्देशक भएर आफ्ना आफन्तलाई मात्र जागिर लगाउने गरेको, डलरको खेति गर्ने गरेको र परियोजना बाट कमिशन समेत खाने गरेको आरोप मतदाताहरुले लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४