Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनका लागि ‘आयोगको नेतृत्व, हामी सबैको दायित्व’ : आयुक्त डा. तुलाधर


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १२ २०७९
  • 2.8K
    SHARES

निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्षरुपमा सम्पन्न गराउन आयोगको नेतृत्व र हामी सबैको दायित्व रहने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ का सन्दर्भमा आज निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममको उद्घाटन गर्दै आयुक्त तुलाधरले संविधान र कानूनले दिएको अधिकार र कार्यक्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको उल्लेख गर्दै उहाँले यस क्रममा सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्व दिइएको बताउनुभयो । निर्वाचनलाई सफल बनाउने कार्य आयोग एक्लो प्रयासबाट सम्भव नहुने भएकाले निर्वाचनका विभिन्न चरण र प्रक्रियाहरूमा भएका सही सूचनालाई प्रवाह गरेर आयोग र मतदाताबीच सेतुको कार्य गर्न पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो ।

‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक सञ्चारकर्मीहरू नै हुन् । सञ्चारकर्मीका सही सूचना हाम्रा लागि कोसेढुंगा हुनेछ ।’ आयुक्त डा. तुलाधरले भन्नुभयो, ‘आम मतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत रहेको छ । त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ । त्यस अर्थमा आयोग र सञ्चारको सम्बन्ध नङ र मासुजस्तै रहेकामा हामी स्पष्ट रहेका छौँ ।’

आयुक्त डा. तुलाधरले आयोगले निर्वाचनका क्रममा समानुपातिकतर्फको मतपत्र ढुवानी लगभग सम्पन्न भइसकेको र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ कार्य भइरहेको जानकारी दिँदै उहाँले आयोगले प्रेस अफिस, कल सेन्टर, इ बुलेटिनजस्ता संयन्त्रको माध्यमबाट सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको अवगत गराउनुभयो ।

आयुक्त तुलाधरले निर्वाचनका चरणहरूमा पनि सञ्चार क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गर्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर सन्तुलित र आधिकारिक सूचना दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिताको पालना सबैले गर्नुपर्ने र आचारसंहिता उल्लंघन भएका सही सूचना दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४