Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक १२ २०७९
  • 5.2K
    SHARES

‘संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण र संघीयताको सवलीकरण प्रमुख एजेण्डा’


काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि तयार पारेको घोषणापत्र आज शनिबार सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बिहान १० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको हो । पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषयलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार पारेको छ । घोषणापत्र मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेका अनुसार पार्टी सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने छ ।

महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । घोषणापत्र अर्थविद् डा. स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको हो । कांग्रेसको घोषणापत्र तयारी समितिमा योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, शंकर तिवारी, प्रताप पौडेललगायत हुनुहुन्छ ।

यसअघि यही कात्तिक ७ गते सार्वजनिक गर्ने भनिएको प्राविधिक कठिनाई भन्दै घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४