Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मङ्सिर ४ काठमाडौँ-४ मा गगन कि राजन ? “कसले बाजी मार”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ११ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । आगामी मङ्सिर ४ को चुनावको मिति नजिकिदै गर्दा देश अहिले चुनावमय भएको अबश्थामा रहेको छ  । उम्मेदवारहरुको अंकगणित र लेखाजोखा गरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र काठमाडौँको क्षेत्र नम्बर ४ हो । यस क्षेत्रबाट नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा एमालेका नेता डा. राजन भट्टराईबीच प्रतिष्पर्धा हुँदैछ ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रको चर्चा सबै भन्दा बढी रहेको छ । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका गगन कुमार थापाले चुनावपछि प्रधानमन्त्रीको दाबि गर्ने भनेका कारण र केपी ओली निकट नेता भट्टराई पनि एमाले सरकारमा आएमा मन्त्री बन्ने सम्भावना भएका नेता भएका कारण पनि यी दुई नेताको भिडन्तलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।

डा. भट्टराई विघटित संविधानसभामा समानुपातिक कोटाबाट सभासद भएका थिए । उनी यसअघि ओली प्रधानमन्त्री हुदा परराष्ट्र सल्लहाकारको भूमिकामा थिए ।  त्यसैगरि गगन कुमार थापाले भने यस क्षेत्रबाट दुई पटक सांसद जितिसकेका छन् । गगन कुमार थापा पहिलो संबिधान सभामा समानुपातिक सांसद बनेका थिए ।,. दोस्रो संबिधान सभाको निर्वाचनमा यसै क्षेत्रबाट चुनाव लडेर जितेका थिए । भने गत आम निर्वाचनमा पनि नेपाली काँग्रेसका हालका महामन्त्री समेत रहेका गगन कुमार थापाले नेकपा एमालेका उम्मेदवार डा. भट्टराईलाई पराजित गरेर सांसद बनेका थिए ।

त्यस्तै, २०७० मंसिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापा विजयी भएका थिए । उनले त्यसबेला २३ हजार ३३६ मत पाएका थिए । दोस्रा भएका एमालेका उम्मेदवार निर्मल कुइँकेलले ९ हजार १३५ मत पाएका थिए । यस्तै, तेस्रो भएका माओवादीका उम्मेदवार तथा हालका उपराष्ट्रपति नन्दकिशोर पुनले ६ हजार ४४२ मत पाएका थिए ।

गत अघिल्लो निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनाव लडेका थिए । देशभर काँग्रेसले प्रत्यक्षतर्फ केवल २३ सिट जित्दा गगन कुमार थापाले यस क्षेत्रबाट नेकपा एमालेका डा. भट्टराईलाई ३ हजार ४१८ मत अन्तरले पराजित गरेका थिए । उनले गत निर्वाचनमा २१ हजार ५५८ मत ल्याएका थिए भने डा. राजन भट्टराईले १८ हजार १४० मत ल्याएका थिए । यस पटक गगन कुमार थापा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् भने डा. राजन भट्टराई एमालेबाट उम्मेदवार बनेका छन् ।

  • स्थानीय तह निर्वाचन परिणामको विश्लेषण

काठमाडौं ४ नम्बर क्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० र बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् ।

काठमाडौं महानगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने ४ वटा वडामध्ये काँग्रेसले ३ र एमालेले एक वडामा जित हासिल गरेको छ । यी ४ वटा वडामा काँग्रेसले पाएको कुल मत ७ हजार ८३ छ भने गठबन्धनको कुल मत ८ हजार ६४७ रहेको छ । त्यस्तै एमालेले यी चार वडामा ५ हजार ९२ मत पाएको छ ।

त्यस्तै बुढानीलकण्ठ नगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने सबै ८ वटा वडै एमालेले जितेको छ । यी ८ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा कुल ११ हजार ४०५ मत ल्याएको छ भने यी ८ वडामा काँग्रेसले ८ हजार ६८० मत ल्याएको छ । त्यस्तै सत्ता गठबन्धनको यी ८ वडामा कुल मत १० हजार ३७४ रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने दुई स्थानीय तहका जम्मा १२ वटा वडामा एमालेले कुल १६ हजार ४९७ मत पाएको छ भने काँग्रेसले १५ हजार १६५ मत पाएको छ । त्यस्तै सत्ता गठबन्धनको वडा अध्यक्षले पाएको कुल मत जोड्दा १८ हजार ४२३ हुन आउछ ।

यसरी हेर्दा काठमाडौँ-४ का कुल १२ वडामा वडा अध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन करिब २ हजार मतले अगाडी देखिएको छ । गठबन्धनको १६ हजार ४२३ मत छ भने एमालेको १६ हजार ४९७ मत रहेको छ ।

  • उम्मेदवार

यस निर्वाचनमा काठमाडौँ-४ बाट गगन कुमार थापा र डा. राजन भट्टराईसहित कुल ३१ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस क्षेत्रमा राप्रपाबाट डा. ठाकुर मोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट रमेश डंगोल, लोकतान्त्रिक समाजवादी पार्टीबाट भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीबाट नुम नाथ प्याकुरेल, हाम्रो नेपाल पार्टीबाट अर्चन शमशेर राणा, पुनर्जागरण पार्टीबाट श्यामबाबु गौतम, नेपालका लागि नेपाली पार्टीबाट दिपक कुमार पोखरेल, मितेरी पार्टीबाट राजेश भारती, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनबादी) बाट लिला माया पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट लाल कुमारी थापा राना, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट पिकेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीबाट चेत बहादुर आले, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमुल परिवर्तन मसिहा पार्टी नेपालबाट ध्रुवराज गिरी, जनसमाजवादी पार्टी नेपालबाट खुर हरि पुडासैनी रहेका छन् ।

त्यस्तै यस क्षेत्रमा कुल १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा श्याम राज भेटवाल, थर्कबहादुर बस्नेत, अर्जुन कुमार पर्साई, रोहित डंगोल, रोशन बर्मा, हेम बहादुर बोम्जन, रविन्द्र देव ढकाल, महेश्वर केसी, नवराज थापा, रुद्र प्रसाद पौडेल, कृष्ण कुमार तामाङ, दिनेश चौलागाई, काजि बहादुर कार्की र शिवेन्द्र केसी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४