Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मादल नबिकेपछि संकटमा पर्दै मादल बनाउने पेशा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १० २०७९
  • 3.2K
    SHARES

काठमाडौं । तिहारको बेला बढि बिक्ने मादल उत्पादन तथा विक्रि बितरणमा समस्या हुन थालेपछि रामेछापका वादीहरुको पुख्र्यौली पेशा संकटमा पर्दै जान लागेको छ । मादलका लागि आबश्यक कच्चा पदार्थको अभाव र वजारको समेत समस्या भएपछि उनीहरुको पेशा संकटमा पर्दैै जान लागेको हो ।

पञ्चेवाजाका लागि आबश्यक ढोलक, दमाहा टेम्को र तिहारका वेला देउसी भैलो खेल्न चानिे मादल र बिभिन्न दोहोरी गित तथा अन्य गाएनका लागि र भजन कृतनहरुमा बजाइने तवेला बनाउनु उनीहरुको पुख्र्यौली पेशा हो । बिगतको तुलनामा देउसीको मौलिकता हराउनु, देउसी भट्याएर तथा मादल बजाएर देउसी खेल्ने चलन लोप हुँदै जानु , देउसी भैलोमा आधुनिक रेकर्डेड गित तथा वाजागाजा प्रयोग हुनु नै मादल बिक्रि नहुनुका मुल कारणहरु हुन् ।
मादल उत्पादन गर्नका लागि भैसी,गोरु र वाख्राको छाला एबं लम्पातेको काठ चाहिन्छ ।

काठ सामुदायिक बनले नदिने, छाला स्थानीय स्तरमा नपाइने सानो परिमाणमा वाहिर बाट ल्याउन मुक्लि हुन थालेपछि मादल उत्पदानमा गिरावट आएको हो । सरकारले कच्चा पदार्थ जुटाउन सहयोग गरे आफुले यस पेशालाई जगेर्ना गर्न सक्ने नत्र यो पेशा लोप भई आफ्नो जातिको जिविकोपार्जनमा समस्या हुने मन्थली नगरपालिका वडा नं–७ भटौलीका स्थानीय जब्बर बहादुर बादी बताउनुहुन्छ ।

एकातिर कच्चा पदार्थको अभावमा मादल पर्याप्त उत्पादन गर्न नसक्नु र बल्ल बल्ल जुटाएर उत्पादन गरेपनि मादलको वजार अभाव हुने गरेपछि उनीहरु आफ्नो पेशा बाट नै विमुख हुन थालेका छन् । जिल्लाका बिभिन्न स्टेशनरी पसलहरुमा काठमाण्डौ बाट ल्याइएका मादल बिक्रि गर्न राख्ने गरेका छन् । तर बिगतका तुलनामा मादल को बिक्रि अत्यन्तै न्यून हुने गरेको सहयात्री स्टेशनरीका प्रोप्राइटर महेश्वर कर्माचार्य बताउनुहुन्छ ।

यसरी मादलको उत्पादन र बिक्रि बितरणमा समस्या आएका कारण लोप हुदै जान लागेको उनीहरुको पेशा संरक्षण गर्ने वा जिविकोपार्जनका लागि बैकल्पीक ब्यवस्था गर्ने तर्फ सरकारको ध्यान जान जरुरी रहेको विज्ञहरु वताउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४